
Pbu
Rbs
Mbdvs
Gisld
Sds
mbd

Ssm
Rgu
Asm
Bbbpu
Wsp
Tsm
Rgu
Pvg
Rsb
Ksm
Rgs
Bbu
Sls
Ggd
nsb
Hal
Sbs
Vor
Gst

Jmb
Rpp
Ptm
Gsb
Bml
Mks
Abd
sab
bbt
Syp
Jmb
Pls
Rmb
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले गढवा गाउँपालिकालाई कोभिड प्रतिकार्यका लागि बिहीवार स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । एएसबि जर्मनिको सहयोगमा रिड नेपालद्धारा संचालित कोभिड–१९ आकस्मीक बिपद् प्रतिकार्य परियोजना मार्फत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो ।
बिहिवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट,कोषाध्यक्ष ओभा पाठक र सचिव शिबराज पन्थीले गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । कोभिड महामारीको तेश्रो लहर आउने संभावनालाई मध्यनजर गर्दै कोभिड प्रतिकार्यका लागि प्रदान गरिएका सामाग्रीहरुमा अक्सिजन सिलिण्डर,एक थान वाटर डिस्पेन्सर,२ थान बिपि चेक गर्ने सेट,एक थान स्ट्रेचर,२१ प्याकेट मास्क,२ स्याकेट ग्लोब्स,११ थन सेनेटाइजर,१० थान पिपिई सेट,१८ थान मग तथा डस्टबिन,सोअप १८ थान,बेडसिट १८ थान र स्प्रेयर औषधि गरि एक थान गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्थान्तरण गरिएको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयले यसअघि बिपद् प्रतिकार्य परियोजना मार्फत परियोजना संचालन भएको कार्यक्षेत्र वडानं. ६ का अति बिपन्न,अपांगता भएका नागरिक र कोभिड संक्रमीत गरि ६० जना नागरिकहरुको परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री राहात वितरण गरेको पुस्तकालयका ब्यवस्थापक मिना भट्टराईले जानकारी दिनुभयो ।
