Sidha Patra बुधबार, भाद्र १६, २०७८

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धि कार्यायोजना बनाएको छ । कार्यविधि अनुसार विद्यालयलाई विभिन्न चार भागमा विभाजन गरे सञ्चालन वा बन्द गर्नुपर्ने हुन्छ । सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ अनुसार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्ययोजना तयार गरेको हो ।

स्मार्ट कलडाउनका आधारमा रातो क्षेत्र (रेड जोन), गाढाँ पहेँलो, पहेँलो र हरियो (ग्रीन जोन) क्षेत्रका आधारमा विद्यालय खोल्ने र बन्द गर्ने गरी शिक्षा मन्त्रालयले कार्यविधि ल्याएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना संक्रमणका आधारमा रेड जोन र गाढाँ पहिलो रहेको स्थानीय तह वा जिल्लाहरुमा विद्यालय बन्द रहन्छ भने त्यस्तो ठाउँमा यसअघि शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशीका २०७७’ अनुसार वैकल्पिक माध्यमबाट अध्यापन गराइने छ ।

निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी र इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थीको समूह वर्गीकरण गरिएको छ । सम्बन्धित स्थानीय तह र विद्यालयले ती विद्यार्थीहरुको पहुँचको पहिचान गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने उनले बताए । त्यस्तै पहेँलो क्षेत्रमा परेका स्थानीय तहका विद्यालयमा वा कलेजमा भने आलोपालो गरेर भौतिक उपस्थितिमा विद्यार्थीको अध्यापनलाई अघि बढाउन सकिने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार सीसीएमसीले पहेँलो क्षेत्र घोषणा गरेको स्थानीय तहका विद्यालयमा भएका विद्यार्थी संख्याको तिहाइ विद्यार्थीलाई विद्यालयमा नै बोलाएर आलोपालो गरी दैनिक रुपमा भौतिक उपस्थितिमै अध्यापन गराउन सकिने छ । ग्रीन जोनमा रहेको स्थानीय तहका विद्यालयहरु भने पूर्ण रुपमा खोल्न पाइने शर्माले बताए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७’ मा उल्लेख गरिए बमोजिमको स्वास्थ्य सुरक्षा अपानाउनु पर्ने हुन्छ ।

कार्यविधि कोभिट १९ संकट व्यस्थापन केन्द्र(सीसीएमसी)बाट पनि कार्यविधि स्वीकृत भईसकेकाले अब सीसीएमसी वा डीसीएमसी र स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने प्रवक्ता शर्माले बताए ।उनका अनुसार सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीयले गर्न सक्नेछन् । सरकारले साउनमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८ अनुसार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यविधि बनाएको हो ।

स्मार्ट लकडाउनका आधारमा विद्यालय रेड जोन, गाढा पहेँलो, पहेँलो वा हरियो कुन क्षेत्रमा परेको छ । सोही आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय सीसीएमसी र स्थानीय तहले गर्न सक्ने छ । विद्यालय कुन जोनमा परेको छ भन्ने एकीन शिक्षा मन्त्रालयलाई नभएर सीसीएमसी वा डीसीएमसीले गर्ने शर्माले बताए । सीसीएमसीले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेको स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न दिने उनले बताए । कार्यविधि मन्त्रालय र सीसीएमसीबाट स्वीकृत भएर संघीय मामिला मन्त्रालयमा गइसकेकाले यो कार्यविधि चाँडै लागु हुने उनको भनाइ छ ।खबरहबबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]