दाङ । छिमेक लघुवित्त वित्तीय संस्था राजपुर शाखाले आफ्नो संस्थामा आबद्ध एक सदस्यका श्रीमान रामबहादुरलाई बिहीबार ऋण बिमा र किरिया खर्च वाफत ४६ हजार आर्थिक सहयोग गरेको छ ।
संस्थाको कार्य क्षेत्र भित्रमा गठन भएको समुह इकाइ न.१८४८१.०३.२ का सदस्य महङ्की यादवलाई केहि दिन अघि करेन्ट लागेर मृत्यु भएको थियो । संस्थाको नियम र कार्यक्रम अनुसार उहाँका श्रीमान रामबहादुर यादवलाई किरिया खर्च र ऋण बिमा वाफत बिहीबार शाखा प्रवन्धक कृष्ण प्रसाद न्यौपानेले ४६,००० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
सदस्य यादवले समुहबाट व्यवसायीको लागि २०,००० हजार ऋण लिनु भएको थियो । यादवले लिएको उक्त ऋण मिनाहा भएको छ भने सो २० हजार ऋणको बिमा सहित ४० हजार र किरिया खर्च वाफत ६,००० हजार गरि रामबहादुरलाई ४६,००० हजार संस्थाको नीति नियम अनुसार आर्थिक सहयोग गरिएको शाखा प्रवन्धक न्यौपानेले सिधापत्रलाई जानकारी दिनु भयो ।