
Ggp
Djs
Pbu
Gfs
Rgp1
pku
Rgp
Sgr
cjs
Pes
Lnp
Srbpu
Unsku
Ses

Bbu
Asm
Rgu
Ggd
Rgu
Tsm
Rsb
Bbbpu
Wsp
Rgs
nsb
Ksm
Gst
Sls
Sbs
Hal
Ssm
Pvg
Vor

Rmb
Jmb
bbt
Bml
Jmb
Syp
Mks
Ptm
Rpp
sab
Pls
Abd
Gsb
धनगढी । मंगलबार बेलुका धनगढी-१३ कैलाली गाउँमा दुई समूहबीच भएको झडपमा घाइते भएका इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै असई साउदको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनिहरु सिभिल पोषाकमा भएका कारण झडपमा संलग्न व्यक्तिहरुले आक्रमण गर्दा घाईते भएका हुन् । केटाहरुबीच भएको ‘ग्याङ फाईट’ नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर समेत गरेको थियो । दुई टोलका युवाबिच पुरानो रिसइवीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ ।
यस्तै कैलालीका एसपी नरेन्द्र चन्दले दिएको जानकारी अनुसार प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरि हिरासतमा राखेको छ । सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरुलाई हिरासतमा लिएको हो । उनका अनुसार झडपमा केही अन्य व्यक्तिहरु पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
त्यस्तै झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ । हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ ।देशखबर
