
Lnp
Srbpu
Ses
Pbu
Pes
Gfs
Ggp
cjs
Djs
Sgr
pku
Rgp
Unsku
Rgp1

Pvg
Rgs
Sls
Bbbpu
Tsm
Vor
Rgu
Asm
Wsp
Rgu
nsb
Bbu
Rsb
Ssm
Hal
Gst
Ggd
Sbs
Ksm

Gsb
Ptm
Bml
bbt
Mks
Syp
Rpp
sab
Pls
Abd
Rmb
Jmb
Jmb
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजेको समयमा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।
त्यस्तै पक्राउ परेका व्यक्तिहरु आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा समेत संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त घटनाका सम्बन्धमा उनीहरुमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९ डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।रातोपाटी
