
Rsb
Ssb
Ksb
Ksb
Rks
jsb
Gsb
Usb
Ppu
Ksb
Nsb
Csb
Ssb
Bsn
Tgp

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Rgu
Nps
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् ।
केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई विजया होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्ति सहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।
यस्तै पक्राउ गरिएका मानिसहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को निराजन उप्रेती, जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को उज्वल रोकाय, ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ३४ को अमृत राई, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मग बहादुर नेपाली रहेका छन् । बरामद गरिएको पुरातत्विक वस्तुको तौल ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको बुद्दको मुर्ति थान १ रहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।
