
Pbu
cjs
Lnp
Rgp
Djs
sbs
Gfs
Pes
Sgr
Rgp1
Unsku
Ggp
pku
Srbpu

Gst
Hal
Rgu
Sls
Vor
Ssm
Sbs
Asm
Pvg
Bbbpu
nsb
Rsb
Bbu
Ksm
Tsm
Rgu
Wsp
Rgs
Ggd

sab
Syp
Pls
Jmb
Bml
Mks
Gsb
Rmb
Abd
Rpp
Ptm
Jmb
bbt
काठमाडौं । नेपालबाट रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका दुई सय,८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २ सय,८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
यहीँ भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ ।
मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएको र दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई +९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै भाइबर/ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८, +९७७ ९७४९३२६४५९, +९७७ ९८४१७९२७७४ र +९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सकिने छ ।
अफगानिस्तानमै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular. gov.np मा विवरण दर्ता गराउन पनि सरकारले आग्रह गरेको छ ।
