Sidha Patra शुक्रबार, साउन २९, २०७८

काठमाडौं । नेपाल प्रेस काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दैदर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो । यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमायस्तो निर्णय भएको थियो । विधिवत्रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी/गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ । पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]