
Asm
gms
jms
Ssbus
Gsbus
smb
jmb
Ppu
Sys
Bpb
Rg-9

kbs
Gsb
Ln1
Sbs
bml
Ln2
Ln3
Rys
Ln9
Hl1
Tsb
Ln8
bmj
Ssb
Gg1
cks
Asm
Dps
Ln7
Gg5

Sml
Sab
Sbs
Jpb
Rgu
Gg3
Rss
Gg2
Gjl
Gg4
Bpb
Ksb
Snk
Jab
Gg6
ptl
Nps
दाङ । सहकर्मि समाज सुर्खेतको आयोजना र गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा मंगलबार स्थानीय सरकार र थारु कुमाल समुदायका अगुवाहरु बिचमा उनिहरुको आर्थिक तथा सामाजिक समस्याका संबोधनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गढवा गाउँपालिकामा रहेका बिपन्न र सिमान्तकृत थारु कुमाल समुदायको जिविकोपार्जनमा सहयोग गर्न र उनिहरुले अंगाल्दै आएको पुख्र्यौली पेशाको संरक्षण र उन्नयनका लागि सहकर्मि समाजको रियल परियोजना मार्फत बिगत ३ बर्ष अगाडी देखि स्थानीय सरकारसंग समन्वय सहकार्य गर्दै काम गर्दै आएको समाजका कार्यक्रम संयोजक खड्क प्रसाद शर्माले जानकारी दिनुभयो । थारु कुमाल समुदायले सदियौंदेखि गर्दै आएको माटोका भाँडा बनाउने पेशामा नयाँ पुस्ताले चाँसो दिन छोडेपछि पेशा नै संकटमा पर्न थालेको हो ।
सहकर्मि समाजले थारु कुमाल समुदायका नागरिकहरुले गर्दै आएको पुख्र्यौली पेशा माटोका भाँडा बनाउने कार्यमा सहयोग गर्ने र उनिहरुको सामाजिक तथा आर्थिक चेतनाको बिकासका लागि समुदायलाई जागृत गराउँदै आएको कार्यक्रममा जानकारी गराइएको हो । सिमान्तकृत समुदायका यि नागरिकहरुलाई गाउँपालिकासंग समन्वय सहकार्य गर्दै माटोका भाँडा बनाउने आधुनिक भट्टी निर्माण गर्न,अग्र्यानिक तरकारी खेति,बगर तरकारी खेति,थोपा सिंचाई लगायतका कार्यहरुमा सहकर्मि समाजले सपोर्ट गर्दै उनिहरुको जिवनस्तर उठाउन र आत्मनिर्भर बन्न सहयोग गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी,वडा अध्यक्षहरु बालचन्द्र ठकूरी हमाल,गुलाम मोहम्मद,बाबुराम अधिकारी,भक्तु चौधरी,सद्दाम सिद्दिकी,न्यायिक समितिका सदस्य आशाराम चौधरी र दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सहकर्मि समाजका सामाजिक परिचालक रामबहादुर चौधरीले गर्नुभएको थियो ।
