
Asb
ksb
Jns
Lnp
Ggp
lnp
Rgp
Sgp
Rgp
Ggp
Dbs
Dus
Rgp
Rgp
Lks
Usb


दाङ । जोखिममा परेका महिला तथा वालवालीकाहरुलाई सहयोग गर्ने र १५देखि २४ बर्ष उमेर समुहका किशोर किशोरीहरुलाई परिवार नियोजन सेवा प्रवाह गर्दै प्रजनन् स्वास्थ्यमा सुधारका लागि किड्सले दाङ जिल्लाका चार स्थानीय तहमा निजी स्वास्थ्य क्षेत्रबाट सेवा प्रवाहको प्रभाव बाँडिरहेको किशोर किशोरीमैत्री परियोजनाका अधिकृत हुमलाल अधिकारीले जानकारी दिनुभयो ।
कपिलबस्तु इण्टिगे्रटेड डेभलप्मेण्ट परियोजना (किड्स) अन्तर्गत किशोर किशोरी मैत्री परियोजनाद्धारा शनिवार देउखुरीको गढवा गाउँपालिकामा आयोजित पालिकास्तरिय परियोजना सल्लाहकार समितीको बैठकमा परियोजनाले हालसम्म गरेका प्रगति समिक्षा गरिएको छ ।
कार्यक्रममा परियोजनाले लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु र दाङका १३ स्थानीय तहहरुमा कार्यक्रम संचालन गर्दै आएको र आफ्नो प्रभाव बाँड्दै आएको परियोजनाका अधिकृत रेशम डिसीले जानकारी दिनु भयो । जसमध्ये दाङ जिल्लाका तुलसीपुर, घोराही,लमही र गढवामा गरि चार स्थानीय तहका निजी स्वास्थ्य क्षेत्रबाट किशोर किशोरी मैत्रि परिवार नियोजन सेवा प्रवाह गरिएको किड्स महिला स्वास्थ्य परियोजनाका प्रमुख कमला शुक्लाले जानकारी दिनु भयो ।
परियोजना मार्फत १५ देखि २४ बर्ष उमेर समूहका किशोर किशोरी र युवाहरुलाई परिवार नियोजन सेवाका बारेमा जानकारी दिदै परिवार नियोजन सेवा उपलब्ध गराउने, आधुनिक गर्भ निरोधका सेवा तथा यसको प्रयोग सम्बन्धि ज्ञान अभिबृद्धि गरि प्रजनन स्वास्थ्यमा सुधार ल्याउने र उनिहरुको किशोराबस्थामा हुने शारीरिक, मानसिक, संबेगात्मक परिवर्तन र यसबाट किशोर किशोरीहरुमा हुनसक्ने नकारात्मक असरहरुबाट बच्न सहयोग पुर्याउने काम भै रहेको परियोजनाका प्रमुख कमला शुक्लाले बताउनु भयो ।
उक्त परियोजनाले तुलसीपुरको मनोज स्वास्थ्य क्लिनीक, घोराहीको मितेरी हस्पिटल,लमहीको कृपा पोली क्लिनीक र गढवाको नेशनल मेडीकल तथा पुष्पा फर्माबाट आफ्ना सबै सेवाहरु प्रभाव गरिरहेको परियोजनका फिल्ड संयोजक प्रज्वल धितालले जानकारी दिनु भयो । परियोजना सल्लाहकार समितिको बैठक गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको थियो ।
