काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज सर्वाेच्चमा रिट दर्ता गराएका हुन ।
यस्तै सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा खारेज गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ । यस्तै सरकारको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।
त्यस्तै यो रिटको पेसी साउन २५ गते सोमवारका लागि तोकिएको सर्वाेच्चले जनाएको छ । गएको साउन १९ गते मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।