
Jns
Dus
Rgp
Lnp
Ggp
lnp
Pbu
Ggp
Rgp
Rgp
Asb
ksb
Dbs
Sgp
Lks
Rgp
Usb


दाङ । मिति २०७८ साउन १९ को दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकमा शिबु खनालद्वारा वाइलाइनमा लेखिएको बिरामीको रिफर केन्द्र बन्यो गढवाको सर्पदंश उपचार केन्द्र शिर्षकको समाचार प्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा उपचार केन्द्रमा प्रारम्भिक उपचार मात्र हुने गरेको र अधिकांश बिरामीलाई रिफर गरिने गरेको र उपचार केन्द्रमा बिरामीको तथ्यांक समेत नभएको भन्ने जस्ता कपोल कल्पित कुराहरु उल्लेख गरिएकोमा गाउँपालिकाले गंभिर आपत्ति छ ।
गत २०७७ साल साउन १ मा उद्घाटन गरि उपचार सेवा सुचारु गरिएको यस उपचार केन्द्रमा नेपाली सेनाको प्राबिधिक टोली र गाउँपालिकाका स्वास्थ्यकर्मिद्धारा उपचार सेवा प्रदान गरिदै आएको छ ।
त्यस्तै सर्पदंशका बिरामीहरुलाई बिषालु सर्पले टोकेको अवस्था पहिचान गरि एण्टि स्नेक भेनम दिने गरिएको छ भने गत असारमा सम्पन्न गाउँसभाबाट उपचार केन्द्रमा रहेको भेण्टिलेटर संचालन गर्न स्वास्थ्यकर्मिलाई तालिममा पठाउने तथा उपचार केन्द्रमा एमबिबिएस डाक्टर (मेडिकल अधिकृत) राख्ने निर्णयका साथ काम अगाडी बढाइएको छ ।
उक्त उपचार केन्द्रमा उपचाररत बिरामीको तथ्यांक नभएको तर ७४ जना बिरामी भन्ने कुरा सो समाचारमा उल्लेख छ । तथ्यांक नराखेर पनि कुनै उपचार केन्द्रमा बिरामीको उपचार हुन्छ भन्ने कुरा समाचार लेख्नेले हेक्का राख्न नसकेको पाइन्छ । कुनै पनि अस्पतालमा बिरामी भर्ना गरिएपछि पुर्ण उपचार गर्न नसकिए जुनसुकै अस्पतालले पनि रिफर गर्ने स्वाभाबिक कुरा हो ।
हालसम्म उक्त उपचार केन्द्रमा सर्प बिच्छी,अरिंगाल, मौरी लगायतको टोकाईबाट कुल १८५ जना बिरामी भर्ना भएको उपचार केन्द्रको तथ्यांकमा छ । जसमध्ये १६१ जना सर्पको टोकाईबाट आएको, १५३ जना उपचार पछि निको भएर गढवाकै सर्पदंशबाट घर फर्केको र हालसम्म जम्मा जम्मी ८ जना सर्पदंश केशका सिरियस बिरामीलाई मात्र बाहिर रिफर गरिएको उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मि हरिप्रकास चौधरी र देविराम आचार्यले गाउँपालिकालाई जानकारी दिनुभएको छ । समाचार लेख्दा न्यूनतम मापदण्ड पनि नअपानाईएको,दोहोरो प्रतिकृया पनि नलिइएको र तथ्यांक नभएको र रिफर सेण्टर मात्र भएको भन्ने भ्रामक कुरा समावेश गरिएकोमा उक्त समाचारको खण्डन गर्दै सबैमा जानकारीका लागि गाउँपालिका मार्फत यो स्पष्ट पारिएको छ ।
