दाङ । टेङ्नैया बाबा धामको विकासको लागी लुम्बिनी प्रदेश सरकारले पर्यटन डिजिभन कार्यालय बाँकेबाट गत आर्थिक बर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथी गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।यसैगरी शिव भगवान र गणेश भगवानको मुर्ती स्थापना गरिएको छ । अहिले टेङ्नैया बाबा धाममा पर्यटकहरुको आकर्षण बढ्दो छ । हेर्न लायक क्षेत्र भएपछी भक्तजनको उपस्थिती बढेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष डिल्लीबहादुर खड्काले जानकारी दिनुभयो ।
सोमवार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले टेङ्नैया बाबा धाममा स्थापना गरिएको शिव र गणेश भगवानको मुर्तीको प्रणा प्रतिष्ठा गर्नु भएको छ । भक्तजनहरुको उपस्थितीमा मुर्तीको प्राण प्रतिष्ठा गरिएको हो ।
‘यो धाम धार्मिक पर्यटकीय गन्तब्य बनेको छ । भक्तजनहरुलाई आउन जान र यहाँको महत्वको बारेमा सबै माझ पु¥याउन जरुरी छ’शर्माले भन्नुभयो–‘पर्यटन संग जोडेर अन्य जिल्लाका भक्तजनहरुलाई पनि यहाँको भ्रमण गराउनेगरी योजना बनाउन आवश्यक छ ।’
नगर प्रमुख कुलबहादुर केसीले धारपानीको पाण्डवेश्वर मन्दिरसंग टेङ्नैया बाबा धामलाई जोड्न पहल गरिने बताउनु भयो । प्राण प्रतिष्ठा कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, कार्यपालिका सदस्य राधा केसी, नारायणी खड्का, वडा सदस्य देवा परियार, सुनमाली विक, राजकुमार चौधरी, गणेश चौधरी लगायतको सहभागीता रहेको थियो । मा.सांसद रेवतीरमण शर्मा सचिवालयबाट