दाङ । दाङको तुलसीपुरमा रहेकोे टरिगाउँ एयरर्पोटमा युद्धकालमा राखेको पुरानो ग्रिनेट बम फेला परेको छ । एरर्पोटमा बुधबार बिहान पौने १२ बजेको समयमा कर्मचारीहरुले झाँडी सफा गर्ने क्रममा ग्रिनेट बम देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
त्यस्तै शसस्त्र द्धन्द्धको समयमा विद्रोही पक्ष वा राज्यप्रक्षले बम राखेको हुन सक्ने ईलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बमलाई १९ नं. बाहिनीबाट गएको सेनाको टोलीले डिस्पोज गरि सकेको प्रहरीले बताएको छ ।