
Sdc
Ksbus
Msbus
Ksbus
Ggp
Lnp
Rgp
Asbus
Ggp

काठमाडौँ । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पुरै नघटेकाले यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
त्यस्तै बुधवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले कोरोना सङ्क्रमण असरका कारण कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने बताएका छन् ।
यस्तै कक्षा १० को आन्तरिक मूल्याङ्कनबाट नतिजा निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्याङ्कनबाट नभई भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिए । त्यस्तै साउन ३१ गतेबाट सुरु हुने परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
