दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आफ्नै निर्माणाधिन प्रशासनिक भवनको मंगलबार अवलोकन भएको छ ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि,प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,उपाध्यक्ष जगदम्वा कुमारी चौधरी,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालययका शाखा अधिकृत गोविन्द केसी,वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापा, कृषि प्रशार अधिकृत महेश अधिकारी,ईन्जिनीयर अशोक बेल्वासे लगायत प्राविधिक टोली सहित प्रशासनिक भवन को अवलोकन गरिएको हो । त्यस्तै सो भवनको गतिविधीको बारेमा बुझ्नको लागि टोलिले अबलोकन गरेका हुन् । यसैगरी शासनिक भवनहरुको अबलोकन संगै अनौपचारिक सामुहिक छलफलका साथमा कार्यक्रम सम्पन्न भएको थियो ।