
Ggp
Ggp
Rgp
Rgp
Rgp
lnp
Dus
Asb
ksb
Dbs
Jns
Lks
Sgp
Usb
Rgp
Lnp


दाङ । देउखुरीको लमहीमा रहेको नविल बैंक तथा माछापुच्छ्रे बैंकद्वारा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण भएको छ ।
संस्थाका अध्यक्ष दण्डीराम चौधरी,उपाध्यक्ष लिला शाह,सचिव सनम पौडेल कार्यालयका प्रमुख भगवती प्रसाद चौधरीलाई बैंकका प्रमुख द्वोय सुधीर भण्डारी र मधुसूदन श्रेष्ठले सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै कार्यक्रममा उक्त सरसफाइ सामग्री हस्तान्तरण गर्दै नविल बैंक लमही शाखाका प्रमुख सुधिर भण्डारीले आफ्नो बैंकको वार्षिक कार्यक्रम अन्तरगत गत वर्ष लमही आँखा अस्पताललाई ५० हजार बराबरको सरसफाइ सामग्री हस्तान्तरण गरेको र यस वर्ष लमही खानेपानीलाई डस्टबीन सहयोग गरेको बताउनु भयो ।
यस्तै माछापुच्छ्रे बैंकका प्रमुख मधुसूदन श्रेष्ठले लमहीमा आफ्नो शाखा रहेर यहाँको आम नागरिकलाई सेवा प्रबाह गरिरहेको हुँदा स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गरेर सो सामग्री हस्तान्तरण गरेको बताउनु भएको छ ।
मंगलबार कार्यालयमा पुगेर नविल बैंकले ३० वटा र माछापुच्छ्रेले २५ वटा गरि जम्मा ५५ वटा डस्टबीन संस्थालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री बुझ्दै संस्थाका अध्यक्ष दण्डीराम चौधरीले दुबै बैंकका शाखा प्रमुखलाई सरसफाइ सामग्री प्रदान गरेकोमा हार्दिक धन्यवाद दिदै तत्काल आफ्नो कार्यालयमा लमही नगरपालिका भित्रका २२ वटा टोलबाट सरसफाइ सामग्री डस्टबीन उपलब्ध गराइदिन भनि निवेदन परेको हुँदा सो निवेदनको आधारमा प्रत्येक टोललाई सरसफाइ सामाग्री उपलब्ध गराउने बताउनु भएको छ ।
लमहीलाई स्वस्थ एवं सरसफाइ युक्त नगर बनाउनको लागि आफुहरुले विभिन्न संघ संस्थाहरु संग सहकार्य एवं समन्वय गरि सरसफाइ सामग्रीहरु जुटाएर प्रत्येक टोललाई हस्तान्तरण गर्ने कार्य गरेको संस्थाका अध्यक्ष चौधरीले बताउनु भयो ।
