
jmb
Bpb
Ppu
Asm
sks
Ssbus
Rg-9
Gsbus
gms
smb
Rus
Ddh
jms
Sys

bml
Hl1
Ln7
Asm
Usb
Rys
Ln1
Gg1
Ln8
Gsb
Ln3
Gg5
Ln9
cks
Ln2
kbs
Ssb
Dps
Tsb
Sbs

Bpb
Jab
ptl
Sml
Jpb
Sbs
Rss
Nps
Sab
Gg4
Snk
Gg2
Ksb
Gg3
Gjl
Gg6
Rgu
दाङ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी सर्मिला चौधरी बाख्रा पालनमा सफल नाम हो । उनको परिवार यही बाख्रा पालनबाटै चलेको छ । बिहान उठेदेखी दानापानी र घाँसपातमै दिनचर्या बिताउछिन उनि । बार्षिक २ देखि ढाई लाख त खसिबोका बेचेर मात्र आम्दानी गरेको चौधरीले बताईन । आर्थिक बर्ष २०७६/७७ को कार्तिक देखि असार सम्म ९ महिनामा मात्र उनले २ लाख भन्दा माथीको खसी बोका बिक्रि गरिन ।
उनिसँग अझै ३५ ओटा बाख्रा छन् । महिला कृषकका लागि उदाहरणिय बनेकि सर्मिला चौधरीलाई थप प्रोत्साहनका लागि आईतबार दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्था लमही-७ ले बाख्रा माउ, घाँसका बिरुवा र नगद अनुदान सहयोग गरेको छ ।
मेहनतको कदर गरी सँस्था मार्फत बढी खसी बोका बिक्रि बितरण गरेको भन्दै उनलाई अनुदान सहयोग गरिएको हो । सर्मिलालाई सँस्थाले २ ओटा बाख्रा माउ, फलफुल र घाँसका बिरुवा, नगद अनुदान १६ हजार ५ सय १२ रुपैया हस्तान्तरण गरिएको हो ।
आफुलाई सँस्थाले अनुदान दिएको प्रती सर्मिलाले खुसी ब्यक्त गरिन । खसिबोका बिक्रीबाट आम्दानी पनि भयो झन अनुदान पनि पाईयो सर्मिलाले भनिन् । सर्मिला जस्तै लमही-७ खुटी निवासी रिता गिरीले पनि ७ हजार ६२ रुपैया ५० पैशा नगद अनुदान प्राप्त गरिन । सर्मिला र रिता त एक उदाहरण मात्र हुन ।
उनिहरु जस्ता ५० जना महिला कृषकहरुलाई दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्थाले एकसय बाख्रा अनुदानमा बितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ र ८ अन्तरगतका सँस्थामा आबद्द महिला कृषक हरुलाई १२ लाख ९६ हजार ६ सय रुपैया बराबरको एकसय ओटा बाख्रा बितरण गरिएको हो ।
बाख्रा प्रबर्द्वन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको सहयोगमा प्रत्यक कृषकलाई दुई/दुई ओटाका दरले बाख्रा र घाँसका बिरुवा बितरण गरिएको सँस्थाका अध्यक्ष पुनम घर्ती मगरले जानकारी दिईन । बाख्रा ब्यबसायमा आत्मनिर्भर गराउन सँस्थाले ३ लाख ४३ हजार ५ सय बराबरको घाँसका बिरुवा पनि बितरण गरेको छ । बकैनौ, सुपर नेपियर, किम्बु जातका घाँसका बिरुवा सँगै दालचिनी पनि बितरण गरिएको हो ।
त्यस्तै आफुले उत्पादन गरेका खसिबोका सहकारी मार्फत बिक्रि बितरण गर्ने ६४ जना महिला कृषक हरुलाई २ लाख २५ हजार ५० रुपैया नगद अनुदान हस्तान्तरण गरिएको छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय रुपन्देही मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको सहयोगमा नगद अनुदान सहयोग गरिएको सँस्थाले जानकारी दिएको छ ।
कार्यक्रमको अनुदान बितरण गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बाख्राको पकट क्षेत्र मानिने यस क्षत्रमा बाख्रा पालनबाट आम्दानी तर्फ जोडिन महिला कृषकहरुलाई हौसला प्रदान गरे । अहिले बितरण गरिएको अनुदान ३ तहका सरकारबाट प्राप्त भएको जानकारी दिँदै महिला कृषक हरुलाई आम्दानी सँग जोड्न आगामी दिनमा पनि उल्लेख्य सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । सँस्थाकि अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासे, लमही नगरपालिकाका पशु शाखा प्रमुख शिबराज न्यौपाने लगायतका बक्ताले बोलेका थिए ।
सँस्थाकि सचिब निर्मला शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा ब्यबस्थापक हरि नारायण चौधरीले कार्यक्रमबारे जानकारी गराएका थिए भने सञ्चालन लेखा सँयोजक लक्ष्मी चौधरीले गरेकि हुन ।


