Sidha Patra बिहिबार, आषाढ ३१, २०७८

दाङ । नेपाल सरकारको मन्त्रीपरिषदको अर्को सूचना जारी नहुँदासम्म दाङमा लकडाउन थप गरिएको छ । तर, थप खुकुलो बनाईएको छ । विहीबार बसेको जिल्ला कोरोना शंकट व्यबस्थापन केन्द्रको बैठकले विहान ६ बजेदेखि साँझ ८ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो । खाजा घर र चिया पसल बाहेक होटेल एवं रेष्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।

त्यसकालागि विहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गरिएको छ । सरकारी कार्यालय, बैंक, संस्थानहरु नियमित खुल्ला रहनेछन् । त्यस्तै स्थानीय स्तरमा चलने सवारी साधनहरु विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने, विवाह, ब्रतबन्धलगायत अन्य संस्कारकालागि १५ जनासम्म जम्मा हुन पाईने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्नेछ ।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कबर्डहल, पुस्तकालय, संग्रहालयक, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टुयु्सन सेन्टरलगायत भने बन्द नै रहनेछन् । त्यस्तै खुल्ला स्थानमा मानिशहरु भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिबिधिहरु सञ्चालन गर्न भने पुर्ण रोक लगाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]