
Ggp
Usb
Asb
Rgp
Sgp
Jns
Lks
Ggp
ksb
Rgp
Rgp
Lnp
lnp
Dus
Rgp
Dbs


दाङ । दाङको लमही-गढवा जोड्ने राप्ती पुलको एप्रोचमा क्षति पुगेको छ । पुलको उत्तर तर्फ बीचमा लामो चिरा परेको छ । केहि दिन अघि सानो चिरा देखिन्थ्यो । गएराती परेको अविरल वर्षाले झनै ठुलो चिरा पारेकोले सवारी साधन आवत जावतमा समस्या भएको हो ।
उक्त पुलको मर्मत सम्भारका लागि खुम बहादुर खड्काले पहल गरेका थिए । त्यसपछि कसैले पनि पहल थालेनन् । सबैलाई आवश्यक पर्ने राप्ती पुलको मर्मत संभार गर्नुस भनेर देउखुरीका सबै पालिका प्रमुखलाई अनुरोध गर्दा समेत बेवास्ता गरेको गढवा ५ का किरण पौडेलले आरोप लगाए। पुलको तल्लो र माथिल्लो भागबाट नदि जन्य पदार्थ उत्खनन गर्दा पनि पुल उच्च जोखिममा परेको पौडेलको दाबि छ । राप्ती नदीमा पुल बनेपछि कोइलाबास हुदै भारत सम्म जान र आउन समेत सहज भएको छ । दाङबाट नेतृत्व गर्ने थुप्रै नेताले राप्ती नदीमा पक्कि पुलको आश्वासन दिएपनि कसैले गरेनन् ।
केहि समय अगाडी पुलको धेरै ठाउँमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका थिए भने, पुलका नट बोल्ड खुकुला भएका छन् । पुल निर्माणमा प्रयोग भएका फलामका सामाग्रीमा खिया लागेका छन । यस बारेमा स्थानीय निकायलाई बारम्बार जानकारी गराउँदा पनि चासो नदिएको लमही कोइलाबास हुलाकी सडक सहयोग समन्वय समितिका संयोजक भेषराज पाण्डेले बताए ।
राप्तीको पुल एक लेन हो जसका कारण दुई तिरबाट सवारी साधन आउन जान सक्दैनन् । पुल पुरानो हुदै गएको उक्त पुल माथि ओभर लोड गाडीहरुले झनै समस्या पारेको लमही नगरपालिका वडा न ४ का लाल बहादुर चौधरीले बताए । १८ मेट्रिक टन भन्दा बढी लोड हुने सवारी साधन चलाउन नपाईने भएता पनि ओभर लोड भएका सवारी साधन धमाधम गुडिरहेका हुन्छन ।
डिभिजन सडक दाङद्वारा पुलको मर्मत कार्य सुरु
दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि राना, सडक बिभाग दाङका सब इञ्जिनियर महेश विश्वकर्मा, सशस्त्र प्रहरी बल नेपाल नं।४१ रिजर्भ गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा संयुक्तको टोलिल सोही पुलको स्थलगत निरिक्षण एवम् अवलोकन गरेको छ । लगातार वर्षातका कारण पुलको दक्षिण तर्फको एप्रोच साइडमा बाहिरबाट पानी छिरेर भासिएको सब इञ्जिनियर विश्वकर्माले जानकारी दिए । उनका अनुसार आवश्यक सामाग्री लिएर तत्कालै भासिएको ठाउँ मर्मत गर्ने कार्य भइरहेको छ ।
