दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करबलामा आज आएको भीषण बाढीले कुखुराको फम र माछा तलाउ बगाउँदा १० लाख बराबरको क्षति भएको छ ।फम र तलाउको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फममा रहेको ४ सय ५० वटा कुखुरा र तलाउमा रहेको (१०००) एक हजार पिस आधा केजी पुगेका माछा बगाउँदा १० लाख बराबरको क्षति भएको सो फमका संचालक भुपाल ओलीले जानकारी दिनु भयो ।
बिहीबार बिहान अन्दाजी ४ बजेदेखि लगातार परेको पानीले ६ बजे उक्त फममा बाढी पसि हेर्दाहेर्दै पुरै कुखुरा र माछालाई बगाउनुका साथै फमको मुनिबाट लगाइएको वाल,तार जाली समेत भत्काएर पुरै क्षति पुराएको सो फमका संचालक ओलीले जानकारी दिनु भएको हो ।
त्यस्तै यता चंगवा प्रहरी चौकीका प्रहरी इन्चार्ज आर्के सिंहसंग बुझ्दाँ ओलीले भने बमोजिमको क्षति भएको र अहिले सम्म उक्त क्षेत्रमा बग्ने खहरे खोलाहरुलाई समयमा सम्बन्धित सरोकारवाला निकायले नियन्त्रणको लागि तटबन्ध नलगाएकोले सो घटना घटेको र सयौं बिघा जग्गामा उत्पादन भएका अन्नबाली पुरै नस्ट भएर खेतबारी बगरमा परिणत भएको जानकारी दिनु भयो ।