शिबराज पन्थी/गढवा सोमबार, आषाढ २८, २०७८

दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा करोडौंका स्वास्थ्य संरचना बन्दै गरेका छन् ।

गतबर्ष झण्डै एक करोड ७० लाखको लागतमा गढवा गाउँपालिकाको वडानं. १ कालाकाटे र वडानं.२ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन तथा गढवा ८ को मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवन निर्माण सम्पन्न भै गाउँपालिकालाई हस्तान्तरण गरिएको आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो ।

यसबर्ष झण्डै डेढकरोड हाराहारीको लगानीमा गढवा गाउँपालिका वडानं. ३ महदेवा र वडानं.३ गोबरडिहामा २ वटा सामुदायिक स्वास्थ्य इकाई भवन र वडानं. ५ स्थित कक्रहवा तथा वडानं. ६ को खबरीखुटीमा गाउँघर क्लिनीक भवनहरु बन्न सुरु भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच सोमवार एक कार्यक्रमका बिच गढवा ३ महदेवा र गढवा ४ गोबरडिहामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभएको छ । महदेवा स्थित सामुदायिक स्वास्थ्य भवनको लागत ५० लाख १६ हजार ४ सय १३ रहेको छ भने गोबरडिहा स्थित सामुदायिक स्वास्थ्य इकाई भवनको लागत ५० लाख ७० हजार ४ सय १ रुपियाँ गरि चारवटै संरचनाको कुल १ करोड ४१ लाख ४२ हजार बजेट रहेको आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाका इन्जीनियर नविन अधिकारीले जानकारी दिनु भयो ।

त्यसैगरी कक्रहवामा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीक भवनको २० लाख १२ हजार १२ रुपियाँ रहेको छ भने खबरीखुटीमा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीकको लागत २० लाख ४३ हजार ३ सय २० रहेको उहाँले जानकारी दिनुभयो । उपरोक्त भवनहरु ब्नाउनका लागि ड्रिम वे कण्ट्रक्सन कम्पनि प्राली संग ६ महिना भित्र तयार गर्नेगरी संभौता भै सकेको प्रबन्धक रुचालले जानकारी दिनुभयो ।आम्दा नेपालले बिगत २ बर्ष अगाडी देखि गढवा गाउँपालिकामा समन्वय र सहकार्य गर्दै मातृ तथा शिसु स्वास्थ्य परियोजना संचालन गरि कोभिड १९ बिपद् प्रतिकार्यका गतिविधी र सामुदायिक सचेतनाका धेरै कार्यक्रमहरु संचालन गरिहेको र गाउँपालिकाकालागि स्वास्थ्य संरचना सहितका भवनहरु समेत निर्माण गर्दै आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । वडानं. २ महदेवामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष भक्तु चौधरीले गर्नुभएको थियो भने वडानं. ३ को गोबरडिहामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तुलसीराम अधिकारीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]