
cjs
sbs
Srbpu
Rgp
Ggp
Lnp
Sgr
pku
Gfs
Pbu
Pes
Unsku
Rgp1
Djs

Ggd
Bbu
Ksm
Hal
Vor
Sls
Pvg
Rgs
Wsp
Rgu
Tsm
nsb
Rsb
Rgu
Gst
Ssm
Bbbpu
Asm
Sbs

Abd
Rmb
sab
Jmb
Pls
Gsb
Bml
bbt
Syp
Ptm
Rpp
Jmb
Mks
दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा करोडौंका स्वास्थ्य संरचना बन्दै गरेका छन् ।
गतबर्ष झण्डै एक करोड ७० लाखको लागतमा गढवा गाउँपालिकाको वडानं. १ कालाकाटे र वडानं.२ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन तथा गढवा ८ को मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवन निर्माण सम्पन्न भै गाउँपालिकालाई हस्तान्तरण गरिएको आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो ।
यसबर्ष झण्डै डेढकरोड हाराहारीको लगानीमा गढवा गाउँपालिका वडानं. ३ महदेवा र वडानं.३ गोबरडिहामा २ वटा सामुदायिक स्वास्थ्य इकाई भवन र वडानं. ५ स्थित कक्रहवा तथा वडानं. ६ को खबरीखुटीमा गाउँघर क्लिनीक भवनहरु बन्न सुरु भएको गाउँपालिकाले जनाएको छ ।
यसैबिच सोमवार एक कार्यक्रमका बिच गढवा ३ महदेवा र गढवा ४ गोबरडिहामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभएको छ । महदेवा स्थित सामुदायिक स्वास्थ्य भवनको लागत ५० लाख १६ हजार ४ सय १३ रहेको छ भने गोबरडिहा स्थित सामुदायिक स्वास्थ्य इकाई भवनको लागत ५० लाख ७० हजार ४ सय १ रुपियाँ गरि चारवटै संरचनाको कुल १ करोड ४१ लाख ४२ हजार बजेट रहेको आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाका इन्जीनियर नविन अधिकारीले जानकारी दिनु भयो ।
त्यसैगरी कक्रहवामा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीक भवनको २० लाख १२ हजार १२ रुपियाँ रहेको छ भने खबरीखुटीमा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीकको लागत २० लाख ४३ हजार ३ सय २० रहेको उहाँले जानकारी दिनुभयो । उपरोक्त भवनहरु ब्नाउनका लागि ड्रिम वे कण्ट्रक्सन कम्पनि प्राली संग ६ महिना भित्र तयार गर्नेगरी संभौता भै सकेको प्रबन्धक रुचालले जानकारी दिनुभयो ।
आम्दा नेपालले बिगत २ बर्ष अगाडी देखि गढवा गाउँपालिकामा समन्वय र सहकार्य गर्दै मातृ तथा शिसु स्वास्थ्य परियोजना संचालन गरि कोभिड १९ बिपद् प्रतिकार्यका गतिविधी र सामुदायिक सचेतनाका धेरै कार्यक्रमहरु संचालन गरिहेको र गाउँपालिकाकालागि स्वास्थ्य संरचना सहितका भवनहरु समेत निर्माण गर्दै आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । वडानं. २ महदेवामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष भक्तु चौधरीले गर्नुभएको थियो भने वडानं. ३ को गोबरडिहामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तुलसीराम अधिकारीले गर्नुभएको थियो ।
