सागर थापा आइतबार, आषाढ २७, २०७८

बाँके । रेडपाण्डाको छाला र भालुको पित्तसहित शनिबार राती ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसमा वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान ब्युरो रिट र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राती करिब ९ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । नेपालगन्जको राप्ती गेष्ट हाउसमा नियमित चेकजाँच गर्ने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा दाङ घोराही ४ का ४९ बर्षिय भक्तबहादुर पुन, ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा रहेका छन् । प्रहरीका अनुसार कालो झोलाभित्र सेतो कपडामा रहेको संरक्षित रेडपाण्डा (हाब्रे)को छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरेको छ ।त्यस्तै उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेका ३ जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]