
Bsn
Nsb
Csb
Ksb
Gsb
Ssb
Rsb
Rks
Ppu
Ssb
jsb
Ksb
Usb
Ksb
Tgp
Fmb

Gsb
Hl1
Ssb
Tsb
Usb

Rgu
Nps
ptl
दाङ । गढवा गाउँपालिका वडानं. ५ स्थित कक्रहवा खोलामा चेक ड्याम बनेपछि यसबबर्ष सिमलतारा गाउँको २७ बिगाह जमिनमा सिंचाई सुविधा पुगेको स्थानीयले बताएका छन् ।
लामो समय सिमलताराका किसानहरुलाई सिंचाइको समस्या थियो । गढवा गाउँपालिकाले लगातार २ बर्ष लापा कार्यक्रमसंग साझेदारी गरेर पक्कि कुलो र खोलामा चेक ड्याम्प बनाइदिएपछि अहिले प्रयाप्त सिंचाई सेवा पुगेको छ–स्थानीय किसान तोयाराम पुनले बताउनु भयो । सिमलतारामा पक्कि कुलो पुर्याउन र कक्रहवा खोलामा चेक ड्याम्प निर्माण गर्न संसद बिकास कोषको बजेटका लागि धेरै जोड गरेको तर बजेट नपरेपछि स्थानीयहरु गाउँपालिकामा धाउन थालेको स्थानीय सामाजिक अभियन्ता मोहन बुढाले बताउनु भयो ।
गाउँपालिकाले पहिलो बर्ष नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–१ संग सहकार्य गरेर पक्कि कुलो बनाइदियो । कुलो मात्र बनेर सिंचाइको लागि पानी लैजान नसकिएपछि अर्कोबर्ष खोलामा ठूलै चेकड्याम बनाउने योजनाकालागि पहल गर्यौं,अहिले सिमलतारामा प्रयाप्त सिंचाई सुविधा पुगेको छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नु भयो । गाउँपालिकाको १३ लाख ६५ हजार र नेपालमा जलवायु परिवर्तन अनूकूलन परियोजना–२ को ४४ लाख गरि कुल ५७ लाख ६५ हजारको लागतमा कक्रहवा खोलामा सिमलतारा सिंचाई आयोजनाका लागि चेकड्याम्प तयार भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कक्रहवा खोलामा चेकड्याम्प र पक्कि कूलो बनेपछि सिमलताराका किसानहरुका लागि बरदान भएको छ–स्थानीय तोयाराम पुनले भन्नुभयो । कुलो र बाँध बनेपछि हामीलाई सिंचाइको प्रयाप्त सुविधा भएको छ– स्थानीय किसानहरुले बताए । करिब ५२ घरधुरी रहेको सो बस्तिमा सिंचाई सुविधा नहुँदा खेतबारी बाँझै रहने समस्या थियो । अब यो समस्या हल भएको छ । सरकारले उक्त चेकड्याम्प संरक्षण गर्न प्रत्येक बर्ष थोरै भएपनि लगानी गरिरहोस– स्थानीय समाजसेवी मोहन बुढाले भन्नुभयो ।
यस्तै सिमलतारा सिंचाई कुलो चेकड्याम्प निर्माण किसानका लागि बरदान सावित भएको छ । उक्त बाँधको उचाई ६ फिट चौडाई ६ मिटर र लम्बाई ३२. ७ मिटर रहेको गढवा गाउँपालिकाको प्राबिधिक शाखाले जनाएको छ । झण्डै ६ मिटर अग्लो बाँधको माथीतिर गेगर पुरिएर समथर भएको छ,जहाँबाट सजिलै कुलोमा पानी लैजान सकिने भएको छ । यस अघि खोला निकै गहिरो बन्दा कुलोमा पानी जान सकेको थिएन ।
यसैबिच उक्त योजनाको शनिवार गढवा गाउँपालिकाले अनुगमन गरेको छ । उपाध्यक्ष शान्ती चौधरी, वडा अध्यक्ष प्रकाश भण्डारी, इन्जीनियर बिनय कुमार यादव, स. इन्जीनियर भरत केसी र पत्रकारहरु समेतको टोलीले स्थलगत अनुगमन गरेको हो ।
