
Rgp
Rgp
Usb
Lks
Ggp
Pbu
Dus
Ggp
lnp
Lnp
Dbs
Rgp
Jns
Sgp
Rgp
Asb
ksb


दाङ । लुम्बिनी प्रदेश प्रहरी ब्युरोले बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई शुक्रबार साँझ बुटवलको देविनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह RIT टोलीले २८.५ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो प्रहरीले लु२५प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द राज आचार्यले जानकारी दिनुभएको छ ।
