
Pbu
Lks
Rgp
Dus
Ggp
Dbs
Asb
Rgp
lnp
Ggp
Jns
Rgp
Rgp
Usb
Lnp
Sgp
ksb


दाङ । लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेसन सम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुवात गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको, स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालयहरु छिट्टै देउखुरी आउने विश्वास व्यक्त गरे ।
सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामिण तथा शहरी विकास मन्त्रालयको भएकाले हामी यहाँ आएर कामको शुरुवात गरेका छौ, केहिदिन भित्रै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौ”– मन्त्री रिजालले भने ।
त्यस्तै राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेका र देउखुरी प्राकृतिक हिसाबले पनि राजधानीको लागि उत्तम रहेको मन्त्री रिजालको ठहर छ । मन्त्रालयले पहिलो चरणमा राजधानीसंग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसंग सम्बन्धित सबै कार्यालयहरु स्थापना गरेर नयाँ जोसका साथ निर्वाचनमा जाने उनको भनाइ थियो ।
यसैगरी बुधबार राप्ती उपत्यका देउखुरीबाट ग्रामीण तथा शहरी विकास मन्त्रालयले औपचारिक रुपमा कामकाज सुरु गरेको छ । प्रदेश स्थायी राजधानीमा स्थापना हुने यो पहिलो मन्त्रालय हो । ग्रामिण तथा शहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाई स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रर्वद्धन तथा विकाससंग सम्बन्धित रहेर कार्य गर्ने मन्त्री रिजालले जानकारी दिए । पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण मन्त्रीका स्वकीय सचिव बिनोद भण्डारीले गरेका थिए ।
