
Usb
Rgp
Dbs
ksb
Lnp
Jns
Asb
Rgp
Dus
Rgp
Ggp
Rgp
Sgp
Ggp
Lks
lnp


दाङ । लुम्बिनी प्रदेशको स्थाई मुकाम देउखुरीको राप्ती उपत्यका तोकिए सँगै पहिलो पटक ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले आफ्नो सेवा शुभारम्भ गरेको छ ।
बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलले मन्त्रालयको सेवा शुभारम्भ गरेका हुन । केही महिना अघि मात्र कार्यालय स्थापना गरिएको ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले अब राजधानीको स्थाई मुकामबाट सेवा दिन शुरु गरेको हो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले पहिलो पटक स्थाई मुकामबाट प्रदेशबासीलाई सेवा दिन सक्षम भएको प्रति खुसी ब्यक्त गरे । पहिलो मन्त्रालयको सेवा शुभारम्भ भएको ऐतिहासिक यो दिनलाई स्थानियले भब्य स्वागत गर्नुपर्ने बताए । आर्थिक मसान्तको चपेटामा पनि पहिलो मन्त्रालयको सेवा शुभारम्भ गर्नका निमित्त स्थानियले पुय्राएको योगदानको कदर गर्दै अन्य मन्त्रालयको पनि मसान्त लगत्तै सेवा शुरु गर्ने बताए । मौसम खराबीका कारण उपस्थित हुन नसकेका मुख्यमन्त्री शँकर पोखरेलले टेलिफोनबाटै ग्रामिण तथा शहरी बिकाश मन्त्रालयको शुभारम्भ गरेका हुन ।
ग्रामिण तथा शहरी बिकाश मन्त्री हरि प्रसाद रिजाल ले देउखुरी बासीलाई बधाई दिँदै आगामी दिनमा सबको उत्तिकै सहयोग मिलेमा अबको ८/१० दिनमा अन्य मन्त्रालयले पनि सेवा शुभारम्भ गर्ने बताए । देशका ७ प्रदेश मध्य लुम्बिनि प्रदेशले पहिलो पटक स्थाई मुकामबाट सेवा दिन शुरु गरेको जनाउँदै मन्त्री रिजालले प्रगतीको बाधक होईन साधक बन्नुपर्नेमा जोड दिए । उनले अबको १० दिनमा आन्तरिक मामिला, कृषि मन्त्रालय लगायतका मन्त्रालयहरुले स्थाई मुकाबाटै सेवा शुभारम्भ गर्ने आश्वासन दिए ।
ग्रामिण तथा शहरी बिकाश मन्त्री हरि प्रसाद रिजालको अध्यक्षता तथा मुख्यमन्त्री शँकर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी लगायतका बक्ताहरुले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा ग्रामिण तथा शहरी बिकाश मन्त्रालयका सचिब महेश चन्द्र न्यौपानेले मन्त्रालयको काम कर्तब्य बारे प्रकाश पारेका थिए भने सञ्चालन सुचना अधिकारी हरी प्रसाद गैरेले गरेका थिए । कार्यक्रममा साँसद, मन्त्री, प्रदेश सभा सदस्य, स्थानिय पालिकाका प्रमुख उपप्रमुख लगायत सबैको उपस्थिति थियो ।
