
Rgp
Rgp
Lks
Dus
Pbu
Usb
lnp
Rgp
Ggp
ksb
Sgp
Dbs
Rgp
Jns
Ggp
Asb
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले आफ्नो नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । वडाले भालुवाङमा ८ कोठे भवनबाट सेवा दिन सुरु गरेको छ ।
बुधवार एक कार्यक्रमका विच स्थानिय नागरिक, जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी, कर्मचारी,पत्रकारहरुको सहभागीतामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो ।
उक्त वडा कार्यालय उद्घाटन गर्दै अध्यक्ष सुवेदिले नागरिकले सहज र सरल तवरले सेवा पाउनका लागि कार्यालय स्थापना गरिएको र नागरिकलाई यस भवन निर्माण संगै विकासको प्रत्याभुति समेत हुने बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर १ का अध्यक्ष तारावहादुर डिसीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष डिसीले सेवा ग्राहिलाई न्युनतम कागजपत्र फोटोकपी लगायतका सेवा निशुल्क गरिदिने ब्यवस्था मिलाउने बताउनु भएको छ ।
वडा नम्बर १ को वडा भवन उद्घाटनमा बोल्दै उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले स्थानिय वडा बासीको मेहनत, साथ एवं सहभागीतामा भवन बन्नाले नागरिक विकासका लागि सदैव सहयोगी र ईच्छावान रहेको देखीनेहुदा संरचनाहरु सुरक्षित तथा गुणस्तरिय बन्ने बताउनु भएको छ ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले स्थानिय सरकारले गरेका हरेक कार्य तथा प्रगतिमा नागरिकहरुले सकारात्मक र नकारात्मक प्रतिक्रिया दिने गरेको पाईएकोले केहि ब्यक्तिको नकारात्मक विचार तर्फ नलाग्दै राम्रो काम गर्न सम्पुर्ण लाग्नु पर्ने बताउनु भएको छ ।
उज्जल निर्माण सेवा घोराहिले ७९लाख ४८ हजार २ रुपैयामा ठेक्का सकार गरि निर्माण गरेको उद्घाटित भवन समयमै निर्माण सम्पन्न गरेकोमा निर्माण सेवालाई धन्यवाद समेत प्रदान गरिएको छ । कार्यक्रममा स्थानिय सरकारले गरेका कार्यप्रति शुभकामना, प्रतिक्रिया, सल्लाह सुझाव दिदै नर बहादुर केसी, महेन्द्र केसी, लालमहोम्मद मिया, हस्त गुरुङ, महेश रिजाल, अली मोहम्मद, लागयतले स्थानिय सरकारको पछिल्लो कार्य प्रति विचार ब्यक्त गर्नु भएको थियो । भवनको उद्घाटन कार्यक्रममा भवन निर्माण कार्यको समिक्षात्मक प्रगति विवरण प्रविधिक प्रदिप बैदिकले जानकारी दिनु भएको थियो भने सहजिकरण वडा सचिव राजेन्द्र पौडेलले गर्नु भएको थियो ।
