
Pbu
Sgr
Pes
Rgp
Lnp
Rgp1
sbs
Ggp
Gfs
Djs
cjs
pku
Srbpu
Unsku

Asm
Bbbpu
Pvg
Rsb
Gst
Sls
Hal
Rgu
Vor
Wsp
Rgu
Ksm
Ssm
Ggd
Tsm
Bbu
nsb
Rgs
Sbs

Pls
Mks
Ptm
Rmb
Abd
Syp
Jmb
bbt
Rpp
Bml
Jmb
Gsb
sab
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यो सहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ हजार नौ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १२ हजार नौ सय ९४ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै काेराेना सङ्क्रमणका कारण थप १५ जनाकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ६३ पुगेको छ ।
