
Asb
ksb
Sgp
Rgp
Rgp
Dus
Ggp
Dbs
Usb
Lks
Rgp
Jns
Rgp
Lnp
lnp
Ggp
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिका कृषि शाखाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । लुम्विनी प्रदेश सरकार र राप्ती गाउँपालिकाको समन्वयमा १ सय २० वटा कृषि यन्त्र वितरण गरिएको हो । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकाँश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् ।
भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०७७/०७८ मा लुम्विनी प्रदेश सरकारवाट स्वीकृत कार्यक्रम अन्तरगत स्थानिय तह मार्फत संचालन हुने कोभिड विषेश अनुदान कार्यक्रमद्धारा कृषि औजार तथा साना आधुनिक कृषि यन्त्र कृषकलाई वितरण गरिएको राप्ती गाउँपालिका कृषि शाखा अधिकृत अनील अधिकारीले जानकारी दिनु भएको छ ।
त्यस्तै गत जेष्ठ १२ गते सुचना प्रकाशन गरी माग संकलन गरे अनुसार छनौटमा परेका समुह तथा कागजात प्रक्रिया पुराएर आएका ४४ कृषक तथा कृषक समुहलाई आवस्यक १ सय २० औजार वितरण सुरु गरिएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, कृषि शाखा प्रमुख महेश अधिकारी, प्रशासन शाखा अधिकृत विकास ज्ञवाली लगायतको सहभागीतामा कृषकलाई अनुदानमा उपलब्ध कृषि यन्त्र वितरण गरिएको थियो ।
