Sidha Patra मंगलबार, आषाढ २२, २०७८

काठमाडौं । सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ ।

९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो ।

बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र आफूहरु दुबैतिरबाट रकम असुलेको भनी उजुरी गरेका थिए ।

मन्त्रालयले यस विषयमा अध्ययन गर्न डा. समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।

मेडिकेयर अस्पतालविरूद्ध उजुरी परे पनि मन्त्रालयमा रकम दावी नगरेको अधिकारी बताउँछन् । उनका अनुसार कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वाँग स्वास्थ्य सदन कुपण्डोलबाहेक सबै अस्पतालहरुले निशुल्क उपचार गराउने सम्झौता गरेका छन् ।

सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउँदैनन् । त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर यी अस्पतालहरूले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३५ सय र आईसफयु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

डा. अधिकारीले दोहोरो शुल्क लिने अस्पताललाई कारवाही प्रकिया अगाडि बढाउने बताए । ‘बिरामीको शुल्क फिर्ता गर्ने, अस्पतालको गलत नियत देखिएमा रकम शोधभर्ना नदिने र अस्पतालले रकम मागको आधार प्रस्तुत गर्‍यो भने पुनर्विचार गरिन्छ’ उनले भने ।

छानविनको विस्तृत विवरण आउन बाँकी रहेको भन्दै अधिकारीले भने, ‘हामी एकपटक अस्पतालको कुरा पनि सुन्छौं, त्यसपछि बाँकी कुरा थाहा हुन्छ ।’साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]