
Lnp
Pes
Djs
Srbpu
Pbu
Rgp
pku
Rgp1
Unsku
Ggp
Sgr
cjs
Gfs
sbs

Rsb
Rgu
Pvg
Sls
Tsm
Hal
Sbs
Ssm
Bbu
Wsp
Asm
Bbbpu
Gst
Vor
Rgs
Ggd
nsb
Ksm
Rgu

Rpp
Jmb
Syp
Mks
Bml
bbt
Rmb
Abd
Pls
Gsb
Ptm
sab
Jmb
काठमाडौं । सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ ।
९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो ।
बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र आफूहरु दुबैतिरबाट रकम असुलेको भनी उजुरी गरेका थिए ।
मन्त्रालयले यस विषयमा अध्ययन गर्न डा. समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।
मेडिकेयर अस्पतालविरूद्ध उजुरी परे पनि मन्त्रालयमा रकम दावी नगरेको अधिकारी बताउँछन् । उनका अनुसार कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वाँग स्वास्थ्य सदन कुपण्डोलबाहेक सबै अस्पतालहरुले निशुल्क उपचार गराउने सम्झौता गरेका छन् ।
सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउँदैनन् । त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर यी अस्पतालहरूले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३५ सय र आईसफयु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।
डा. अधिकारीले दोहोरो शुल्क लिने अस्पताललाई कारवाही प्रकिया अगाडि बढाउने बताए । ‘बिरामीको शुल्क फिर्ता गर्ने, अस्पतालको गलत नियत देखिएमा रकम शोधभर्ना नदिने र अस्पतालले रकम मागको आधार प्रस्तुत गर्यो भने पुनर्विचार गरिन्छ’ उनले भने ।
छानविनको विस्तृत विवरण आउन बाँकी रहेको भन्दै अधिकारीले भने, ‘हामी एकपटक अस्पतालको कुरा पनि सुन्छौं, त्यसपछि बाँकी कुरा थाहा हुन्छ ।’साभार अनलाइन खबर
