Sidha Patra सोमबार, आषाढ १४, २०७८

काठमाडौं । यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने भएको छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा राेपाइँं महोत्सवका रुपमा मनाउने गरिन्छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष पनि अघिल्लो वर्ष जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर साङ्केतिक रुपमा दिवस मनाउने निर्णय भएको कृषि विभागले जनाएको छ । विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।

त्यस्तै दिवस मनाउनका लागि दूरी कायम गरी थोरैको समूहमा रोपाइँ गर्ने र कार्यस्थलमा उपयोग भएका सामग्री निसङ्क्रमण गर्ने लगायत मापदण्ड तोकिएको कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले बताए । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ भोलि १८ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । मनसुन सक्रिय भएसँगै यसपालि बेलैमा धान राेपाइँं सुरु भएको छ । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । गएकाे वर्ष ९६ प्रतिशत राेपाइँ भएको थियो ।

यस्तै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसपालि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसपालि धान खेतीलाई मौसमले साथ दिएकाले समयमा राेपाइँँ हुने र उत्पादन पनि बढ्ने बताएको छ । मौसम र मल दुवैले साथ दिएको तथा छिटो राेपाइँँले कृषि उत्पादन चक्र सुध्रिने कृषि सचिव योगेन्द्र कार्कीको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]