Sidha Patra बिहिबार, आषाढ १०, २०७८

दाङ । देउखुरीको एक सहकारीको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीसहित २५ जनालाई प्रतिबादी बनाई अदालतमा मुद्दा दर्ता भएको छ । पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा दाङ देउखुरी जिल्ला अदालत दाङमा मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीलाई प्रतिबादी बनाउँदै मंगलबार मुद्दा दर्ता गरेका हुन् ।

त्यस्तै मुद्दा दर्ता पछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ गरेको उनको भनाई छ । सहकारीका ऋण फाँटका प्रमुख ३३ बर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ बर्षीय मनिराम भण्डारी, लेखापाल ३७ बर्षीय विकाश न्यौपाने, सह–लेखापाल २९ बर्षीय बिक्रम राना र उनकी २७ बर्षीया श्रीमती उषा राना थापा पक्राउ परेका छन् । बुधबारदेखि सुरु भएको बयान सकिए लगतै थुनछेक बहस सुरु हुने छ ।

यसैगरी सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीसहित २० जनालाई प्रहरीले फरारको सूचिमा राखेको छ । अध्यक्ष सुवेदी २०७१ सालदेखि सुरपरिबेक्षण समितिमा रहदै आएका थिए । केही बर्ष पहिले मात्रै चारवटा सहकारी मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । सहकारीको हिनामिना एक डेढ वर्ष अगाडी मुद्दालाई पुनः दायर गरिएको डिएसपी रिजालले बताए ।साभार तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]