शिवराज खनाल/लमही बुधबार, आषाढ ०९, २०७८

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी भागमल चौधरी उनी अशक्त भएको धेरै वर्ष भएको छैन , आज भन्दा करिब १५ वर्ष पहिले ठेक्दार मार्फत काठको काम गर्नको लागि करङ्गा खोलामा गएका थिए ।

सोही क्रममा उनी दुर्घटनामा परेको एक वर्ष भन्दा धेरै समय उनी बिस्तारामै बिताए तर हिजो आज भने बैशाखिको मद्दतले केही पाहिला सार्न सक्ने भएका छन् । आज उनले वडा नम्बर ७ ले बितरण गरेको हुइल चियरमा हुइकिन पाउँदा हौसिदै वडा कार्यलयलाई धन्यवाद दिए । “म यसरी हिडडुल गर्न पाउछु भनेर सोचेको थिएन अहिले वडा कार्यलय मेरो अभिभावक साबित भयो” चौधरीले सुनाए ।

मंगलबार लमही नगरपालिकाको वडा नं. ७ को वडा कार्यालयले एक कार्यक्रमको बीच पुर्णरुपमा अपाङ्ग तथा अशक्त भएका ८ जना नागरिकलाई हुइल चियर वितरण गरेको छ । वडा बासीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हुइल चियर वितरण गरिएको हो ।

त्यस्तै उक्त सामग्रीको वितरण वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा वितरण गरिएको छ । वितरण कार्यक्रममा बडा बासीहरुलाई यस कोरोनाको प्रकोपमा सबैले लकडाउनको पालन गरी सुरक्षा अपनाएकोमा धन्यवाद दिदै उनले स्वास्थ्य सामग्रीको वितरण वार्षिक योजना कार्यक्रमद्वारा गरिएको बताउदै उनले असहाय र अपाङ्गको साथमा वडा रहेको कुरा वताए ।

त्यस्तै वडा सचिव शेरबहादुर चौधरीले बर्षा सुरु भएकाले शारीरिक अशक्त भएका मान्छेलाई असुविद्या महशुस हुन नदिन उक्त सामाग्री वितरण गरेको बताए । उनले बर्षामा अधिकांश बाटोमा अबरोध सिर्जना हुनाले यस्ता व्यक्तिलाई सहजता प्रदान गरेको बताएका छन् । कार्यक्रममा वडा सदस्य कुलबहादुर बुढा मगर,सुनमाली बिक पत्रकारहरु लगायत समाजसेवी बुद्धिजिवीको सहभागिता उक्त सामग्री वितरण गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]