Sidha Patra आइतबार, आषाढ ०६, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र थप विवरण प्राप्तसहित ५१ जना काेराेना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय ४८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा चार सय ५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]