
Rgp1
cjs
Unsku
Srbpu
Pes
Sgr
Ggp
Gfs
Rgp
Djs
Lnp
pku
sbs
Pbu

Ssm
Rgu
Bbu
Rgu
Bbbpu
Ksm
Asm
nsb
Tsm
Vor
Wsp
Rsb
Pvg
Sls
Rgs
Hal
Ggd
Gst
Sbs

sab
bbt
Rmb
Pls
Jmb
Mks
Jmb
Syp
Rpp
Ptm
Abd
Gsb
Bml
दाङ । गढवा गाउँपाालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आइतवार गढवाका राजनीतिक दल तथा संघसंस्थाहरुले गाउँकार्यपालिकाको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै गढवा गाउँपालिका वडा नं. ७ कि १२ बर्षिया वालीका रेश्मा बोहराको असार ४ का दिन सर्पदंशका कारण लमही अस्पतालमा निधन भएपछि स्थानीय राजनितिक दलहरुले गाउँपालिकालाई सेवा प्रवाहमा प्रभावकारीता अपनाउन आग्रह गरेका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सर्पदंश उपचार केन्द्रमा थप एण्टिस्नेक भेनम खरिद गर्न जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै प्रदेश सरकार समक्ष पहल भईरहेको र उपचार केन्द्रमा २ जना स्वास्थ्यकर्मी र मेडिकल अफिसरको समेत ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी गढवाको उपचार केन्द्रमा सर्पदंशका धेरै बिरामीहरुको उपचार भएको र अकालमा कसैको सर्पदंशका कारण ज्यान नजाओस भन्ने कुरामा गाउँपालिका गंभिर भएको उनले बताए । उक्त उपचार केन्द्रमा नेपाली सेना लमहीबाट आउने जाने गरि सेनाको अस्थायी सेवा सुचारु भएपनि सेनाको गण ल्याएर बसाल्न रक्षा मन्त्रालयसंग पहल भईरहेको भन्दै सबै राजनीतिक दल र संघसंस्था जागरुक भएर एक पटक प्रधानमन्त्री कार्यालयमा जान आवश्यक रहेको बताए ।
त्यस्तै ध्यानाकर्षण पत्रमा हाल उक्त उपचार केन्द्रमा ३५ भाइल मात्र एण्टिस्नेक भेनम रहेकोमा तत्काल थप एण्टिस्नेक भेनम झिकाउन, मेडिकल अफिसर सहित थप स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न, नेपाली सेनाको प्राविधिक टोली स्थायी रुपमा बसाल्नुपर्ने र स्थापना कालको सहयोग समितिको नामावली चार्ट उपचार केन्द्र्रमा राख्नुपर्ने लगायतका माग समावेश गरिएको थियो ।
यस्तै ध्यानाकर्षण पत्र बुझाउन नेकपा एमालेका कालिराम चौधरी, नेपाली कांगे्रसका कृष्णराज पाण्डेय, माओवादी केन्द्रका यमनारायण पोखे्रल र सर्बजित घर्ती, जनता समाजवादी पार्टीका जगतराम यादव, राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा, वन वातावरण संस्थाका उमाकान्त पन्त र गढवा उद्योग वाणिज्य संघका खुमानन्द पोखे्रल लगायतको उपस्थिति रहेको थियो ।
