Sidha Patra आइतबार, आषाढ ०६, २०७८

दाङ । दाङमा आइतबारदेखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो ।

त्यस्तै सोहि अनुसार दाङका दश वटै पािलकामा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको गत जेठ ३१ गते बसेको बैठकले २०७७ फागुन २३ गते भन्दा अगाडी र सो मिति भन्दा पछाडी कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।

यस्तै कार्यालयका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा असार ६ र ७ गते, घोराही उपमहानगरपालिकामा ६ र ७ गते, लमही अस्पता, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिकामा ६ र ७ गते, आधारभुत स्वास्थ्य ईकाई सेवा शान्तिनगर, बबई र दंगीशरणमा असार ६ गते कोरोना विरुद्धको दोस्रो डोज खोप प्रदान गरिने भएको छ ।

यसैगरी सरकारले लक्षित वर्ग अन्तरगत स्वास्थ्य कर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंयम सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, करार कर्मचारी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी, न्याय सेवाका कर्मचारी, न्यायधिसले कोभिसिल्ड लगाउन पाउने भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]