
Djs
pku
Lnp
Rgp1
Pes
sbs
cjs
Ggp
Sgr
Unsku
Srbpu
Pbu
Gfs
Rgp

Sbs
Rgu
Vor
Hal
Bbbpu
Bbu
Sls
Asm
Rgs
Gst
Rsb
nsb
Rgu
Ssm
Ggd
Wsp
Tsm
Pvg
Ksm

Bml
Syp
Ptm
Mks
Pls
Gsb
bbt
Jmb
Rmb
Abd
Rpp
sab
Jmb
दाङ । दाङमा आइतबारदेखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो ।
त्यस्तै सोहि अनुसार दाङका दश वटै पािलकामा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको गत जेठ ३१ गते बसेको बैठकले २०७७ फागुन २३ गते भन्दा अगाडी र सो मिति भन्दा पछाडी कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।
यस्तै कार्यालयका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा असार ६ र ७ गते, घोराही उपमहानगरपालिकामा ६ र ७ गते, लमही अस्पता, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिकामा ६ र ७ गते, आधारभुत स्वास्थ्य ईकाई सेवा शान्तिनगर, बबई र दंगीशरणमा असार ६ गते कोरोना विरुद्धको दोस्रो डोज खोप प्रदान गरिने भएको छ ।
यसैगरी सरकारले लक्षित वर्ग अन्तरगत स्वास्थ्य कर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंयम सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, करार कर्मचारी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी, न्याय सेवाका कर्मचारी, न्यायधिसले कोभिसिल्ड लगाउन पाउने भएका छन् ।
