
Gfs
Unsku
Pes
Lnp
Ggp
Rgp1
Djs
Srbpu
Sgr
cjs
Pbu
sbs
Rgp
pku

Asm
Tsm
Wsp
Bbu
Ggd
Ksm
Vor
Rgs
Rsb
Gst
Rgu
nsb
Sls
Rgu
Hal
Sbs
Ssm
Bbbpu
Pvg

Gsb
Pls
sab
bbt
Abd
Rpp
Jmb
Rmb
Jmb
Bml
Mks
Ptm
Syp
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा र ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा गरी कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।
त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ । क्वारेन्टाइनमा भने ४४१ जना रहेको मन्त्रालयले जनकारी दिएको हो ।
