
jms
gms
Bpb
Gsbus
Sys
jmb
Ppu
Asm
Rg-9
smb
Ssbus

Gsb
bml
Hl1
Ssb
Rys
Tsb
bmj
Gg5
cks
Ln9
Ln2
Ln1
Usb
Dps
Asm
Ln3
Ln7
Gg1
Ln8
kbs

Gjl
Sab
Bpb
Gg4
Gg6
Rgu
Jpb
Sbs
ptl
Jab
Gg2
Rss
Snk
Nps
Sml
Gg3
Ksb
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा र ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा गरी कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।
त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ । क्वारेन्टाइनमा भने ४४१ जना रहेको मन्त्रालयले जनकारी दिएको हो ।
