दाङ । ईलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत प्रहरी निरिक्षक भुवन देव भट्टले आईतबार मजदुर कुटेको विषयमा माफी मागेका छन् । प्रहरी निरिक्षक भट्टले भालुबाङ स्थित माउन्टेन मिनिरल वाटर एंड विभरेज कम्पनीमा मजदूरी गर्ने मजदुर चन्द्र थापालाई सांघातिक कुटपिट गरी घाइते बनाएका थिए । प्रहरी निरिक्षक भट्टको सर्वत्र विरोध भएपछि राप्ती उद्योग वाणिज्य संघ भालुबाङको नेतृत्वमा मंगलबार भएको उक्त विषयमा राखिएको बैठकमा प्रहरी निरिक्षक भट्टले स्वयं उपस्थित भई माफी मागेपछि घटना साम्य भएको हो ।
त्यस्तै उक्त बैठकमा राप्ती उ.वा.स. का अध्यक्ष सुरज बहादुर खड्का, वरिष्ट उपाध्यक्ष बाबुराम थापा, महासचिव नारायण प्रसाद शर्मा, सदस्य भरतमणि न्यौपाने र उक्त उद्योगका सञ्चालक मानसिंह पुन लगायतको उपस्थितिमा पीडित मजदुरसित प्रहरी निरीक्षक भट्टले आफूले गल्ती गरेको र एकपल्टलाई सच्चिने मौका दिनुस् भनी प्रस्तुत भएकोले घटनालाई विवाद रहित अवस्थामा पुर्याएको वरिष्ट उपाध्यक्ष बाबुराम थापाले जानकारी दिनु भयो ।
यसैगरी यस विषयमा थप कुरा उद्योगका सञ्चालक मानसिंह पुनसँग बुझ्दा प्रहरी निरीक्षक स्वयंले आफूबाट गल्ती भएको भनी प्रस्तुत भएकोले मानिसबाट गल्ती हुन्छ । अब गल्ती नदोह्रयाउने सुझाव दिनु भयो ।