Sidha Patra मंगलबार, जेठ २५, २०७८

दाङ । दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै यस अघि जेठ २५ गतेसम्म निशेषधाज्ञा गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक खुल्ने छन् । विहान १० बजेदेखि २ बजेसम्म बैंक खुल्न पाउने उनले बताए ।

साथै बजार पनि खुल्न दिईने भएको छ । विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न दिने निर्णय भएको प्रजिअ पौडेलले बताए । यसैगरी दाङमा बुधबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यस अघि अतिआबश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए ।

अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने दाङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार मंगलबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि जेठ २५ सम्म तोकिएको निशेधाज्ञा पनि थपिएको छ । असार १ गते साँझ ६ बजेसम्मकालागि निशेधाज्ञा थपिएको उनले बताए । तर, अब भने केही खुकुलो भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् । विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको छ । होटेल, शैलुन, चियापसल, रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु पर्ने छ ।

पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीले दाङमा यात्रु झार्न तथा चढाउन नपाउने, विकास निर्माणको काम गर्न पाईने, बेलुका ६ बजेदेखि ९ बजेसम्म सिमेन्ट, छडलगायत हार्डवयेर सम्बन्धि सामग्री ढुवानी गर्न पाईने, ढुंगा, गिट्टी, बालुवा विहान ८ बजेदेखि बेलुका ६ बजेबाहेक अन्य समयमा ढुवानी गर्न पाईने भएको छ ।

त्यस्तै खनिज जन्य पदार्थ ढुवानीकालागि होलेरी तर्फ विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बंगलाचुलीतर्फ बेलुका ५ बजेदेखि राति १२ बजेसम्मको समय तोकिएको छ । कृषि सामग्री वितरण गर्ने संस्थान तथा एग्रोभेटहरु दैनिक रुपमा खुल्ला रहने छन्, भने विद्यालय पूर्ण रुपमा बन्द हुनेछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]