
Mbdvs
mbd
Gisld
Anm
Ksm
Rbs
Pbu
Sds
Gmk

Pvg
Bbu
Rgu
nsb
Sls
Gst
Rsb
Tsm
Asm
Ksm
Rgu
Vor
Ssm
Wsp
Hal
Ggd
Bbbpu
Sbs
Rgs

Ptm
Abd
sab
Pls
Syp
Jmb
Rpp
Gsb
Jmb
Bml
Mks
bbt
Rmb
दाङ । दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै यस अघि जेठ २५ गतेसम्म निशेषधाज्ञा गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक खुल्ने छन् । विहान १० बजेदेखि २ बजेसम्म बैंक खुल्न पाउने उनले बताए ।
साथै बजार पनि खुल्न दिईने भएको छ । विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न दिने निर्णय भएको प्रजिअ पौडेलले बताए । यसैगरी दाङमा बुधबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यस अघि अतिआबश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए ।
अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने दाङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार मंगलबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि जेठ २५ सम्म तोकिएको निशेधाज्ञा पनि थपिएको छ । असार १ गते साँझ ६ बजेसम्मकालागि निशेधाज्ञा थपिएको उनले बताए । तर, अब भने केही खुकुलो भएको छ ।
बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् । विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको छ । होटेल, शैलुन, चियापसल, रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु पर्ने छ ।
पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीले दाङमा यात्रु झार्न तथा चढाउन नपाउने, विकास निर्माणको काम गर्न पाईने, बेलुका ६ बजेदेखि ९ बजेसम्म सिमेन्ट, छडलगायत हार्डवयेर सम्बन्धि सामग्री ढुवानी गर्न पाईने, ढुंगा, गिट्टी, बालुवा विहान ८ बजेदेखि बेलुका ६ बजेबाहेक अन्य समयमा ढुवानी गर्न पाईने भएको छ ।
त्यस्तै खनिज जन्य पदार्थ ढुवानीकालागि होलेरी तर्फ विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बंगलाचुलीतर्फ बेलुका ५ बजेदेखि राति १२ बजेसम्मको समय तोकिएको छ । कृषि सामग्री वितरण गर्ने संस्थान तथा एग्रोभेटहरु दैनिक रुपमा खुल्ला रहने छन्, भने विद्यालय पूर्ण रुपमा बन्द हुनेछन् ।
