अनिल खत्री/गुल्मी आइतबार, जेठ २३, २०७८

गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । यसअघि खाद्यवस्तु बेच्ने पसलहरु खोलीदै आएकोमा बैंक तथा बित्तिय संस्थाहरु पनि खोलीने भएको छ ।

यसैगरी निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १० बजेसम्म खुलाउन पाइने भएको भएको छ । यस अघि ९ बजेसम्म मात्रै समय तोकिएको थियो । बाणिज्य बैंक तथा बिकास बैंक (बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी बाहेक) अरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यस अघि जिल्लामा गरिको निषेधाज्ञामा बैंक तथा बित्तिय संस्थाहरु पनि पूर्ण रोक लगाइएको थियो ।

त्यस्तै निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी,औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी,सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकता नुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ५८६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ८४ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ९२० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]