
Ssbus
Gsl
Gsbus
Gis
Ssbus
Gss
Gms
Ksbus
Ksbus
Gsbus
bpmhl
Nssbush
Pbu
Gis
ebg
Gsbus
Ssbus
Ksbus
Ses
Rsbus

Ksm
Rgu
nsb
Tsm
Ggd
Asm
Bbbpu
Wsp
Vor
Sls
Pvg
Bbu
Gst
Hal
Rsb
Rgu
Ssm
Sbs
Rgs

bbt
Jmb
sab
Ptm
Jmb
Pls
Mks
Gsb
Abd
Bml
Syp
Rpp
Rmb
गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । यसअघि खाद्यवस्तु बेच्ने पसलहरु खोलीदै आएकोमा बैंक तथा बित्तिय संस्थाहरु पनि खोलीने भएको छ ।
यसैगरी निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १० बजेसम्म खुलाउन पाइने भएको भएको छ । यस अघि ९ बजेसम्म मात्रै समय तोकिएको थियो । बाणिज्य बैंक तथा बिकास बैंक (बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी बाहेक) अरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यस अघि जिल्लामा गरिको निषेधाज्ञामा बैंक तथा बित्तिय संस्थाहरु पनि पूर्ण रोक लगाइएको थियो ।
त्यस्तै निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी,औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी,सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकता नुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ५८६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ८४ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ९२० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।
