
Sys
Ddh
sks
Ssbus
Rus
Rg-9
jmb
gms
jms
Bpb
smb
Ppu
Asm
Gsbus

Ln3
Rys
Sbs
bml
Gg5
Ln2
Ln9
Ln1
Tsb
cks
kbs
Ln8
Gg1
Asm
Ln7
Hl1
Dps
Usb
Gsb
Ssb

Rss
Gg3
Sbs
Snk
Bpb
Ksb
Jab
Gg4
Jpb
Nps
Sml
Gg2
Gg6
Rgu
Sab
Gjl
ptl
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
त्यस्तै मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय,२५ रुपैयाँ डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।
यस्तै भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताउनु भएको हो ।
त्यस्तै मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २ सय ५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उहाँको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तिमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताउनु भयो ।
