
cjs
Unsku
Djs
Gfs
Rgp
Ggp
Srbpu
Lnp
sbs
Sgr
pku
Pbu
Rgp1
Pes

Asm
nsb
Ssm
Sls
Wsp
Tsm
Ksm
Pvg
Sbs
Rgu
Rgu
Vor
Gst
Hal
Rsb
Bbu
Bbbpu
Ggd
Rgs

Gsb
bbt
Jmb
Abd
Rmb
sab
Jmb
Rpp
Mks
Pls
Bml
Ptm
Syp
दाङ । देउखुरीका स्थानीय तहबाट संचालनमा आएका कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तिको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । राजनीतिक दल,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागि सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितिले देउखुरीमा सिमित श्रोत साधनमा उच्च मनोवलमा स्वास्थ्यकर्मीले सेवा दिएको निष्कर्ष निकालेको हो ।
त्यस्तै देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको बिहिवार अनुगमन गर्ने क्रममा स्थानीय सरकारबाट कोभिड १९ नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीको निष्कर्ष छ ।
यस्तै स्वास्थ्यकर्मीबाट सिमित श्रोत साधनका वावजुत पनि सक्दो सेवा दिलाउने प्रयासको प्रसंशा गर्दै समितिले स्थानीय सरकारबाट कोरोना विशेष अस्पतालको लागि अझ धेरै व्यवस्थापन गर्न आवश्यक रहेको ठहर समेत गरेको छ । अनुगमन तथा समन्वय समितिमा सहभागि नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेले लमहीमा स्थापना गरिएको देउखुरी स्तरीय कोरोना विशेष अस्पतालमा थप सेवा उपलव्ध गराउन आवश्यक रहेको जानकारी दिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बसन्त शर्माले अनुगमनले सकरात्मक संन्देश दिएको भन्दै स्वास्थ्यकर्मीको मनोवल बढाउने गरी अपुग भएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने समेत बताए । तेस्तै नेकपा एमालेका क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले स्थानीय सरकारबाट भएका प्रयास सन्तोष गर्ने ठाउँ अझै नभएपनि स्वास्थ्यकर्मीले सिमीत श्रोतसाधनमा उच्च मनोवलले काम गर्नु सकरात्मक पक्ष भएको बताए ।
यस्तै देउखुरीको राजपुर गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पतालमा रित्तो छ । सङक्रमितले होम आइसोलेसनमा बस्न रुचाएका कारण र सङक्रमतिको संख्या नै कम भएका कारण अस्पतालमा रहेका सबै बेड खाली भएका हुन् । सकृय सङक्रमितको संख्यामा कमी आएका कारण देउखुरी स्तरीय कोरोना विशेष अस्प्तालमा पनि वेड खाली हुन थालेको छ । देउखुरी कोरोना विशेष अस्पतालका प्रमुख डा. भुसालले २५ बेडको अस्पतालमा १६ जना मात्र कोरोनाका विरामी रहेको जानकारी दिए । सकृय सङक्रमतिको संख्या घट्दो क्रममा रहेपनि स्थानीय पालिकामा स्वास्थ्य जनशक्तीको अवस्था भने अपुर्ण रहेको बताइएको छ ।
त्यसैगरी राप्ती गाउँपालिकामा एक जना मात्रै डाक्टर रहेका कारण चौविसै घण्टा सेवा दिइरहनु परेको र स्वास्थ्यकर्मीको जनशक्ती कम भएको स्वास्थ्य शाखाका नारायण रावतले जानकारी दिए । गाउँपालिका तथा नगरपालिकामा स्थापना गरिएका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छ । गढवा गाउँपालिले एकजना डाक्टरलाई कोरोना विशेष अस्पतालमा पठाएकाले स्वास्थ्यकर्मीको अभाव भएको छ ।
यस्तै देउखुरी स्तरीय अनुगमन तथा समन्व्य समितिले लमही अस्प्तालको पनि स्थलगत अनुगमन गरेको हो । समितिले स्वास्थ्यकर्मीसंग कुरा गर्दै उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दै अस्पतालमा देखिएको समस्या हल गर्ने प्रतिबद्धता समेत जनाएको छ । लमही अस्पतालकी प्रमुख डा. रन्जीता महतोले सिमित श्रोत साधनमा पनि आफुहरुले सेवा दिइरहेको भन्दै स्थानीय सरकारबाट सकरात्मक आश्वासन पाएकोले अस्पतालको सेवा थप प्रभावकारी बनाउन लागि परेको दाबी गरे ।
सो अनुगमन समितिमा नेपाली काँग्रेसका तर्फबाट भेषराज पाण्डे, जानकीलाल बस्नेत, कर्णवहादुर बुढाथोकी, नेकपा एमालेबाट नारायण छम्पाली, धुप नारायण चौधरी, नेकपा माओवादी केन्द्रका बसन्त शर्मा विक्रान्त, नेकपा एमाले माधव समुहबाट मिना गूरुङ, जनता समाजवादीका भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाका हरिबहादुर थापा, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव पोख्रेल, रोटरी क्लवका रवी आचार्य, चेम्बर अफ कमर्सका अजय न्यौपाने, पत्रकार लगायतको सहभागिता रेहको थियो ।
