कंचनपुर । नेपाली काङ्ग्रेसका प्रभाबशालि युवा नेता तथा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदको विशेष सहयोगमा कंचनपुरका ३ वटा पालिकालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।साउदले दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को कारणले देश आक्रान्त बनिरहेको बेलामा उहाँले यस महामारीको प्रस्थितीलाई न्यूनीकरण गर्नको लागि कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ अन्तरगतका ३ वटा स्थानीय पालिकालाई आफ्नो स्वकीय सचिव दिपक जोशी मार्फत स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको त्यहाँदेखि जनबाहिनी नेपालका संयोजक तथा युवा नेता सामाजिक अभियानता शिरोमणि ओझाले जानकारी दिनु भएको हो ।
नेता साउद अहिले कोभिडको कारण आफै संक्रमीत भएर होम आइसोलेशनमा रहेतापनि आफ्नो गृह जिल्लाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उदेश्यका साथ तत्काल ३ वटा स्थानीय पालिकाको लागि २५ थान बेड ,२५ थान पङ्खा र ३ हजार माक्स सहयोग गर्नु भएको संयोजक ओझाले बताउनु भयो ।
यस्तै उक्त स्वास्थ्य सामग्री नेपाली काङ्ग्रेसका नेता क्षेत्रिय सभापति दल बहादुर बोहराले नेपाली काङ्ग्रेस क्षेत्र न २ का शुक्लाफाटा नगर कार्यसमिति बेदकोट नगर कार्यसमिति र कृष्ण नगर कार्यसमितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यसैगरी नेका क्षेत्रिय सभपाति लगायत क्षेत्रिय कार्यसमितिलाई स्थानीय पालिकाका जनप्रतिनिधिले हार्दिक धन्यबाद दिनु भएको संयोजक ओझाले जानकारी दिनु भएको हो । त्यस्तै हामी जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता गर्न चाहान्छौ साथै हामी सत्ता या प्रतिपक्षमा रहेपनि जनताको सेवामा सधैं रहिरहने छौ युवा नेता शिरोमणि ओझाले बताउनु भयो ।