Sidha Patra आइतबार, जेठ १६, २०७८

दाङ । विश्व महामारी कोरोना भाइरसको कारण बार्षिक परिक्षा सञ्चालन गर्न नसकिएको भन्दै घोराही उपमहानगरपालिकाले निरन्तर मूल्यांकन र यस अघिका परिक्षाको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई परिक्षा सञ्चालन गर्न नसकिने अबस्था रहेकाले निरन्तर मूल्यांकन र प्रथम त्रैमासिक एवं अर्ध बार्षिक परिक्षाको आधारमा मल्यांकन गरि नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण गत बर्ष पनि यसरी नै बार्षिक परिक्षाको नतिजा तयार पारिएको थियो । जस अनुसार कक्षा १ देखी ३ सम्म गतबर्ष झै निरन्तर मूल्यांकनका आधारमा नतिजा तयार पारिने भएको छ । कक्षा ४, ६ र ७ को पनि गतबर्ष झै निरन्तर मूल्यांकन र प्रयोगात्मक बाहेक प्रथम त्रैमासिक र अर्धबार्षिक परिक्षामा प्राप्त गरेको अंकको आधारमा सैद्धान्तिक तर्फको ५०/५० प्रतिशत मानेर नतिजा प्रकाशन गर्नु पर्ने छ ।

त्यसैगरी, कक्षा ९ को हकमा भने प्रयोगात्मक बाहेक प्रथम त्रैमासिक परिक्षा ४० प्रतिशत, अर्धबार्षिक परिक्षा ४० प्रतिशतमा विद्यार्थीले प्राप्त गरेको अंक र विद्यार्थीको उपस्थिती र अभिलेखको २० प्रतिशतको आधारमा नतिजा प्रकाशित गर्ने शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिनु भयो । त्यस्तै कक्षा ५ र ८ को प्रथम त्रैमासिक परिक्षा ४० प्रतिशत, अर्धबार्षिक परिक्षा ४० प्रतिशतमा विद्यार्थीले प्राप्त गरेको अंक र विद्यार्थीको उपस्थिती र अभिलेखको २० प्रतिशतको आधारमा नतिजा तयार पार्ने कक्षा ८ को प्रयोगात्मक अंक भने अनलाईनबाट पठाउने निर्णय भएको अधिकृत पौडेलले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]