काठमाडौं । नेपाल सरकारले आजदेखि सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक,एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको हो ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिनु भयो । त्यस्तै यसका लागि १ खर्ब छुट्याएको उहाँले जानकारी दिनु भएको छ ।
यसैगरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् । आर्थिक बर्ष २०५१/५२ मा नेकपा एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १ सय रुपैयाँको दरले बृद्ध भत्ता दिन शुरु गरिएको थियो ।