सागर थापा बिहिबार, जेठ १३, २०७८

दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामी हरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो ।मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको,मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनु भएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ जना संक्रमितलाई कोभिड अस्पतालमा सारिएको संचालक भण्डारीले बताउनु भयो ।

यस्तै मितेरी हस्पिटलले कोभिड बिरामीलाई बसेवापत प्रतिबेड रु १ हजार देखि १५ सय सम्म लिने निणर्य गरेको संचालक भण्डारीले भन्नु भयो । नगरपालिकाले समन्वय गरे हामी विरामीलाई नि:शुल्क उपचार गर्न तयार छौं भण्डारीले भन्नु भयो, कोभिडका विरामीकै लागि भनेर हामीले छुटै टिमनै बनाएका छौं त्यो खर्च पूर्ति गर्न सामान्य शुल्क लिनैपर्छ’ भण्डारीको भनाइ छ ।

त्यस्तै मितेरी हस्पिटलले कोभिड अस्पताल आइसोलेशन सेन्टर संचालन गर्न थप २० वटा नयाँ अक्सिजन सिलिन्डर समेत खरिद गरेको छ । जिल्ला प्रशासन दाङले निजि अस्पताललाई अक्जिसन रिफिल गर्ने व्यवस्था सहज नबनाउदा आफ्नो हस्पिटलमा रहेका कोभिड विरामीलाई एक्सिजनको व्यवस्थापन गर्न कठिनाइ भइरहेको संचालक भण्डारीको गुनासो छ । प्रशासनले कोभिडका विरामीलाई उपचार गराईरहेका सबै निजि अस्पतालहरुलाई सहजै अक्सिजन उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]