
Pes
Sgr
Rgp
Pbu
cjs
Ggp
Lnp
pku
Rgp1
Unsku
sbs
Gfs
Srbpu
Djs

Rgu
Asm
Bbu
Ggd
Ssm
Vor
Tsm
Rgs
Pvg
Rgu
Gst
Ksm
Bbbpu
Wsp
Rsb
Hal
Sls
nsb
Sbs

Bml
Abd
Rpp
Syp
Ptm
sab
bbt
Pls
Jmb
Jmb
Rmb
Gsb
Mks
दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामी हरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो ।
मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको,मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनु भएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ जना संक्रमितलाई कोभिड अस्पतालमा सारिएको संचालक भण्डारीले बताउनु भयो ।
यस्तै मितेरी हस्पिटलले कोभिड बिरामीलाई बसेवापत प्रतिबेड रु १ हजार देखि १५ सय सम्म लिने निणर्य गरेको संचालक भण्डारीले भन्नु भयो । नगरपालिकाले समन्वय गरे हामी विरामीलाई नि:शुल्क उपचार गर्न तयार छौं भण्डारीले भन्नु भयो, कोभिडका विरामीकै लागि भनेर हामीले छुटै टिमनै बनाएका छौं त्यो खर्च पूर्ति गर्न सामान्य शुल्क लिनैपर्छ’ भण्डारीको भनाइ छ ।
त्यस्तै मितेरी हस्पिटलले कोभिड अस्पताल आइसोलेशन सेन्टर संचालन गर्न थप २० वटा नयाँ अक्सिजन सिलिन्डर समेत खरिद गरेको छ । जिल्ला प्रशासन दाङले निजि अस्पताललाई अक्जिसन रिफिल गर्ने व्यवस्था सहज नबनाउदा आफ्नो हस्पिटलमा रहेका कोभिड विरामीलाई एक्सिजनको व्यवस्थापन गर्न कठिनाइ भइरहेको संचालक भण्डारीको गुनासो छ । प्रशासनले कोभिडका विरामीलाई उपचार गराईरहेका सबै निजि अस्पतालहरुलाई सहजै अक्सिजन उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।
