
Anm
Gmk
gst
Gisld
Ksm
Sds
Rbs
Pbu
mbd
Mbdvs

Sls
Rgu
nsb
Rsb
Bbu
Sbs
Hal
Ggd
Asm
Bbbpu
Ssm
Vor
Wsp
Gst
Ksm
Rgs
Tsm
Pvg
Rgu

sab
Bml
Rpp
Jmb
bbt
Syp
Abd
Jmb
Rmb
Gsb
Mks
Pls
Ptm
प्युठान । जिल्लाको झिमरुक– ५,का गंगा सुनार ५५ वर्ष पुग्नुभयो। उमेर घर्कदै छ।त्यसैले उहालाई राम्ररी हिंडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ, तर एक गाउँको सूचना अर्कोमा र्पुयाउने र डाँडामा गएर ‘हाँको’ हाल्ने कटुवाल पेशाबाट उहाले मुक्ति पाउनुभएको छैन । सुनार बिगत २५ बर्ष देखि कटुवालको भुमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । ’गाउँमा केही विशेष काम पर्यो कि सुचना पुर्याउने मै हुँ’ उहाँले भन्नुभयो ’२५ बर्ष देखि यो काम गर्दै आएको छु।’ के गर्ने ठुलाबडाले भनेपछी मान्न पनि पर्यो’ सुनारले भन्नुभयो । गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पु(याउने काम कटुवालको हो । ‘वर्षमा १५÷२० पटक सूचना दिइने काम पर्छ’ सुनारले भन्नुभयो । साबिककको ओखरकोट गाबिस र हालको झिमरुक ५ उनले सूचना प्रवाह गर्छन् । स्थानिय तह गठन भई जनप्रतिनिधी चुनिएर आएपछी उहाँलाई कामको बोझ पहिले भन्दा झन थपिएको छ।उहा कार्यालयका विभिन्न सुचना समेत ’हाक’ हालेरै जनताका झुपडी सम्म पुर्याउनुहुन्छ । त्यस बापत उहाँले पाउँनुहुन्छ अन्न। घर घरबाट बर्षभरीमा एक पाथि अन्न पाउँनुहुन्छ। उहाँले दिनरात नभनी गाउँमा आवश्यक सूचना प्रसार गर्नुपर्छ। तर, काम अनुसारको दाम नहुँदा गुजारा कठिन बन्दै गएको उहा बताउँनुहुन्छ । वडामा ५ सय घरधुरि छ्न।तर, आधा भन्दा धेरैले त्यही पनि दिदैन्न ।उहा भननुहुन्छ ,’पहिले पहिले त गाउमा नया अन्न बालि भित्राउदा कटुवाललाई माना पाथि छुट्टाउथे’ हिजोआज गाउलेले पनि वास्तै गर्न छोडेको उहाले सुनाउनुभय्क। काम अह्राय पनि जनप्रतिनिधीले समेत पारिश्रमिक नदिने गरेको दुखेसो सुनारले पोख्नुभयो। ’यो बुढौलीमा पनि घाम, पानी,चिसो केही भन्न पाईदैन, ’ उहाले भन्नुभयो ,’जिम्मेवारी लिएपछी पूरा त गर्नै पर्यो।’
घरमा नौ जनाको परिवार छ। अरु कमाई केही छैन। गाउमा अन्न पनि दिन छोडे । स्थानिय सरकारले समेत नहेर्दा परिवार पाल्न गार्हाे हुन थालेको उहाले बताउनुभय्क । ’लामो स्वरले चिच्चाउदा चिच्चादै घाँटी र छाती दुख्छ। कहिलेकाहि घाँटी बस्छ, बोल्न नि सकिँदैन।’ वडा अध्यक्ष टिकाबहादुर जिसि सञ्चार र प्रविधि भित्रीएपछी कुटुवालको खासै काम नभएको बताउनुहुन्छ।आउँदो आर्थिक बर्ष देखि कटुवाल खर्च छुट्टाउने सोचमा रहेको उहा बताउनहुन्छ ।गंगा सुनार जस्तै प्युठानको झिम्रुक सहितका गाउँमा दर्जनौ कटुवाल छन तर, उनिहरुको पीडा पनि उस्तै भएको स्थानिय बुद्धिजिबिहरु बताउँछन।।
