Sidha Patra शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं । एसईई र कक्षा–१२ को परीक्षा सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल चलाइएको हो । परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल गरिएको थियो ।

कक्षा–१० को परीक्षा पुरानै शैलीमा गत वर्षजस्तै गरी मूल्यांकन गर्ने विषय छलफलमा उठेको थियो । तर, यसपटक कक्षा–८ र ९ लाई पनि मूल्यांकनको आधार बनाउने र १० को पढाइ न्यूनतम सिकाइ पुगेको अवस्थामा पढाउने शिक्षकले नै मूल्यांकन गरेर प्रमाणपत्र दिने बारेमा छलफल भएको नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले जानकारी दिए ।

कक्षा–१२ को हकमा अन्तर्राष्ट्रिय मान्यता चाहिने हुँदा हतार नगरी परीक्षा लिने र साउनको क्यालेन्डर बनाउने विषयमा छलफल भएको उनले बताए । स्थिति भयावह रहे प्रश्न इमेलबाट पठाउने, घरमै बसेर लेख्ने, कुनै निश्चित समयमा उत्तर पठाउने र उत्तरपुस्तिका शिक्षकले नै जाँच्नेजस्ता विकल्पमा छलफल चलेको उनले जानकारी दिए ।

नयाँ संविधान जारी भएपछि विद्यालय सिकाइलाई दुई चरणमा बाँडिएको छ । कक्षा–८ सम्म एउटा र ९ देखि १२ सम्म अर्को तहमा राखिएको छ । यो संरचनाअनुसार कक्षा–१० को राष्ट्रिय परीक्षा खारेज हुनुपर्ने सरोकारवालाको मत छ । तर, कानुन संशोधन नगरी अझै सरकारले एसईईलाई केन्द्रितकृत गरी राष्ट्रिय परीक्षा बनाउनु स्थानीय तहको अधिकार खोसिएको अध्यक्ष भण्डारीको आरोप छ ।

बोर्डले गएको वैशाख २७ गते सूचना जारी गर्दै अर्को सूचना नआएसम्म कक्षा–१० र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । सोही दिन कार्यदल गठन गरी परीक्षाका वैकल्पिक विधिबारे बोर्डले छलफल चलाउन थालेको हो ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]