
Sssbus1
nsm
ssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Ssbus
Pbu
tssbus

Hal
nsb
Gst
Rgs
Wsp
Asm
Ggd
Bbu
Rgu
Sls
Ssm
Ksm
Tsm
Rsb
Rgu
Bbbpu
Pvg
Vor
Sbs

Abd
sab
Ptm
Syp
Pls
Bml
Rmb
Mks
bbt
Jmb
Jmb
Rpp
Gsb
दाङ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दाङमा पनि लकडाउन गरिएको छ । यसबाट बच्न र सुरक्षित रहनका लागि लकडाउन गरिएको हो । जिल्लामा संक्रमणको भयावह स्थिती सिर्जना हुँदा सम्पूर्ण शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द छन् । जसका कारण अहिले सबै विद्यालयहरुले विद्यार्थीहरुको शिक्षण सिकाईलाई नियमित बनाउनका लागि अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् । तर विद्युत नियमित नहुँदा पढाई केहि प्रभावित भएको देखिन्छ ।
एउटा विषय पढ्नेक्रममा दुई, तीन पटक सम्म विद्युत जाने आउने गर्दा अनलाईन कक्षामा समस्या हुने गरेको हिन्दू विद्यापीठ नेपाल बोडिङ स्कुल घोराहीमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी लक्ष्मी क्षेष्ठले बताउनुभयो । विद्युत सेवा नियमीत भएमा आफु लगाएत सम्पुर्ण विद्यार्थीहरुका लागि अनलाईन मार्फत हुँदै आएको पढाई प्रभावकारी हुने उहाँको भनाई छ । सम्बन्धीत निकायले विद्युत सेवा नियमित रुपमा सञ्चालनका लागि पहल गर्न पनि विद्यार्थी श्रेष्ठको आग्रह छ । दिउँसोको समय भन्दा रातको समयमा विद्युत कटौति भईदिए आफुहरुलाई सहज हुने उहाँले बताउनुभयो ।
अनलाईन कक्षा सञ्चालन हुँदै गर्दा विद्युत अनियमित हुँदा समस्या निम्त्याउने गरेको छ । कोरोना संक्रमणको समयमा अनलाइन कक्षा नै प्रभावकारी हुने भनिए पनि विद्युत छिन छिनमा आउने जाने समस्याले गर्दा सहज रुपमा सिकाई हासिल गर्न असहज हुने गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको गोदावरी ईगिलिस मिडियम स्कुलका प्रिन्सिपल विष्णु दाहाल बताउँनुहुन्छ । दाङ लगाएत देशैभर नै अहिले अनलाइर्न कक्षा सञ्चालन भईरहेको हुँदा विद्युत प्राधिकरणले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।
इन्टरनेटको पहुँचमा भएका विद्यार्थीका लागि समेत विद्युत अनियमितले गर्दा समस्या निम्त्याउने गरेको प्रिन्सिपल दाहालको भनाई रहेको छ । जसका कारण विद्युत सेवा अनिमित हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । लोडसेडिङ नभएको समयमा पनि विद्युत सेवा पटकपटक कटौती गरिँदा हैरानी भइरहेको विद्यार्थीहरुको गुनासो छ । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमित कुमार कर्णले भने हावाहुरी चलेको समयमा यस्ता समस्या आउने र अघिपछी भने त्यस्तो समस्या नहुने बताउनुभएको छ । तर पनि जिल्ला मार्फत विद्युत सेवा नियमित रुपमा सञ्चालनका लागि केन्द्रमा पहल भईरहेको उहाँको भनाई रहेको छ ।
कोरोना माहामारीको समयमा विद्यार्थीहरुको शिक्षण सिकाइलार्ई नियमित र प्रभावकारी बनाउनका लागि विद्युत प्राधिकरण, शिक्षक, अभिभावक तथा सम्पुर्ण सरोकारवाला निकायहरु जिम्मेवार बन्न आवश्यक छ । यसैविच यस वर्षको अन्तिम परिक्षा सञ्चालनका लागि सम्पुर्ण विद्यालयहरुमा अहिले अन्योलता छाएको छ । विद्यालयहरु बन्द रहेको समयमा कुन माध्यम मार्फत परिक्षा सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता छाएको छ ।
